शुक्रबार, चैत्र १६, २०८०

कृषिलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नुपर्ने

पोखरा, २४ वैशाख । कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएकाकाछन् । नेकपा (एमाले) कास्कीद्वारा आज यहाँ आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पराजुलीले कृषिको उत्पादकत्वमा वृद्धि गर्दै गएमा कृषकको आयवृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो । उनले कृषि क्षेत्रको विकास र कृषकलाई उत्पादकत्व वृद्धि गर्न मन्त्रालयले एकमुष्ट विभिन्न राहत कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७१