बिहिबार, चैत्र १५, २०८०

एक गाउँ एक उत्पादन’ कार्यक्रमको क्षेत्र विस्तार

कञ्चनपुर, २४ वैशाख । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत यहाँ केराखेतीको क्षेत्र विस्तार गरिएको छ । दुई वर्षअघिदेखि एक गाउँ एक उत्पादनका लागि केराखेतीका लागि कृष्णपुर गाविस र भीमदत्तनगरपालिकालाई छनोट गरिएको थियो । चालु आवमा केराखेतीको क्षेत्र विस्तारका लागि सोही कार्यक्रमअन्तर्गत दैजी, श्रीपुर र रामपुर विलासिपुरलाई छनोट गरिएको छ । कृष्णपुर र भीमदत्तनगरपालिका क्षेत्रमा मात्रै १७५ हेक्टर क्षेत्रफलमा तीन हजार ७६८ मेट्रिक टन केरा उत्पादन हुँदै आएकामा क्षेत्र विस्तार गरिएपछि केराको खेती हुने क्षेत्रफलमा दोब्बरले वृद्धि भई उत्पादनसमेत बढ्ने कृषि विकास कार्यालय कञ्चनपुरका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले बताए । कार्यक्रम सञ्चालन भएका क्षेत्रका कृषकलाई केराको प्रतिबोटमा ५० प्रतिशत र केराको बोटसँगै स्प्रे ट्याङ्की, औषधि, विषादीमा अनुदान दिने व्यवस्था छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७१