बिहिबार, बैशाख १३, २०८१

देशभर दुई सय कृषि केन्द्र स्थापना हुँदै

काठमाडौँ, २४ वैशाख । किसानलाई सर्वसुलभ ढङ्गले बीउबिजन, मलखाद, पशु चिकित्साका औषधिलगायत कृषि सामग्री बिक्री वितरण गर्न निजी क्षेत्रको कम्पनी निम्बसले देशभर दुई सय कृषि केन्द्र स्थापना गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले आगामी जेठ १५ गते राजधानीको कालीमाटीमा पहिलो कृषि केन्द्र स्थापना गरिने तथा सोही महिनाभित्र नारायणघाट र वीरगन्जमा पनि केन्द्र सञ्चालन गरिने जानकारी दिए । यसै वर्षभित्र देशका विभिन्न भागमा दुई सय कृषि केन्द्र सञ्चालन गरिने र तिनले किसानलाई उनीहरूको उत्पादन भण्डारण, बजारीकरण तथा वित्तीय सेवासमेत उपलब्ध गराउने उनले बताए । “सबै केन्द्रहरू महिलाले सञ्चालन गर्नेछन्”, महिला सशक्तीकरणका साथै उनीहरूलाई आर्थिक एवम् प्राविधिक रूपमा सक्षम तुल्याउन आफ्नो कम्पनीले त्यसो गर्न लागेको उल्लेख गर्दै प्रबन्ध निर्देशक बगरियाले भने ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७१