बिहिबार, अशोज ११, २०८०

आँप उत्पादनमा ह्रास आउने

mangoसप्तरी, २४ वैशाख । आँपको राजधानी मानिने सप्तरीमा यस वर्ष आँपको उत्पादनमा अपेक्षाकृत रूपमा ह्रास आउने अनुमान गरिएको छ । आँप उत्पादनको दृष्टिकोणले यस वर्ष बढी आँप उत्पादन हुने वर्ष भए पनि आँप फल्नुभन्दा पहिले नै मुजुरामा मधुवा किरा र हावाहुरीले क्षति पु¥याएपछि यस वर्ष आशा गरेभन्दा आँप उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालयले अनुमान गरेको छ । यसपालि पातभन्दा बढी मुजुरा थियो, त्यतिखेर २५ प्रतिशत प्रतिहेक्टरका दरले पाँच हजार हेक्टर क्षेत्रफलमा एक लाख २५ हजार मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको थियो तर मधुवा किरा र हावाहुरीले क्षति पु¥याएपछि अब ८.८ प्रतिशतका प्रतिहेक्टर दरले पाँच हजार हेक्टरमा ४४ हजार मेट्रिक टन मात्र आँप उत्पादन हुने अनुमान गरिएको छ–जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत सीताराम मण्डलले भने ।

केही दिनदेखिको बढ्दो हावाहुरीले आँपको बोटमा फलेको आँपको मुजुरा झारेको र बाँकी रहेको मजुरामा समेत मधुवा किराको प्रकोप बढेका कारण आँप उत्पादन घट्ने भएकाले यस वर्ष पनि आँपको मूल्य बढी नै रहने अनुमान रहेको मण्डलले बताए । यस वर्ष आँप राम्रो फल्ने समय भए पनि मधुवा किरा र हावाहुरीले आँपको मजुरालाई क्षति पु¥याएपछि अपेक्षाकृत रूपमा आँप नफल्ने चिन्ता किसानमा बढेको छन् । गत वर्ष पाँच हजार हेक्टर क्षेत्रफलमा २० हजार मेट्रिक टन आँप उत्पादन हुँदा करिब रु चार करोड मूल्य बराबरको आँपको बिक्री भएको थियो ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७१