बिहिबार, बैशाख १३, २०८१

युरिया मलको अभाव

विराटनगर, १८ वैशाख । कृषि सामग्री संस्थान पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा युरिया मलको अभाव भएको छ ।संस्थानमा विगत लामो समयदेखि युरिया मल नभएका कारण कृषि उत्पादनमा कमी आउनुका साथै यस क्षेत्रका किसान समस्यामा परेको गुनासो सुनिन थालेको छ । पूर्वाञ्चलको १६ जिल्ला कार्य क्षेत्र रहेको संस्थानको डिपोमा समेत युरिया मल नरहेको सो कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख पुण्यप्रसाद घिमिरेले कार्यालयको गोदाममा डिएपी मल तीन हजार ५०० मेट्रिक टन तथा पोटास १०० मेट्रिक टन रहेको बताउँदै युरियाको अवस्था नगन्य रहेको जानकारी दिए ।
उनले युरियालगायत अन्य मल माग गरिएको र छिट्टै आउने किसानलाई आश्वासन दिएकाछन् । उता किसान तथा सहकारी संस्थाहरू युरिया मल नपाएपछि विगत नौ महिनादेखि पूर्वाञ्चलमा मलको बिक्री वितरण सुरु गरेको साल्ट ट्रेडिङ कर्पोरेसन अञ्चल कार्यालय विराटनगरमा धाउन थालेको बताइएको छ ।     साल्ट टे«डिङ अञ्चल कार्यालय प्रमुख नवीनचन्द्र झाका अनुसार साल्ट टे«डिङको गोदाममा युरिया २७ हजार क्विन्टल, डिएपी ४५ हजार क्विन्टल तथा पोटास ४० टन मौज्दात रहेको जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय मोरङले भने साल्ट टे«डिङसँग मल प्रयाप्त मात्रामा रहेकाले मलका लागि त्यहाँ सिफारिस गर्ने गरिएको जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०७१