शनिबार, बैशाख ८, २०८१

बीस वर्षपछि गहुँ खरिद गर्दै खाद्य संस्थान

बेलौरी (कञ्चनपुर), १८ वैशाख । नेपाल खाद्य संस्थान शाखा कञ्चनपुरले २० वर्षपछि गहुँ खरिदबिक्री सुरु गरेको छ । संस्थानको केन्द्रीय कार्यालयले कञ्चनपुर शाखालाई गहुँ खरिदका लागि कार्यक्रम नदिएपछि शाखा कञ्चनपुरले २० वर्षदेखि गहुँ खरिद नगरेको शाखाका प्रमुख केशवदत्त कलौनीले जानकारी दिनुभयो । उहाँका अनुसार गहुँ खरिदका लागि केन्द्रीय कार्यालयले यस वर्षदेखि कार्यक्रम दिएपछि गहुँ खरिदबिक्री सुरु गरिएको हो । खाद्य संस्थान कञ्चनपुरले यस वर्षको गहुँको प्रतिक्विन्टल रु दुई हजार ४२५ तोकेको छ । संस्थानका अनुुसार बजारको मूल्यको मूल्याङ्कन गरी गहुँको मूल्य निर्धारण गरिएको हो । खाद्य संस्थानले यस वर्षदेखि गहुँ खरिद गर्ने भएपछि किसानलाई राहत पुग्ने कलौनीको भनाइ छ । संस्थानले यस वर्ष १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०७१