शुक्रबार, चैत्र १६, २०८०

वीरगन्ज चिनी मिल र कृषि औजार कारखाना सञ्चालनमा आउन सक्छ : उद्योगमन्त्री

karna bahadur thapaवीरगन्ज (पर्सा), १४ वैशाख । उद्योगमन्त्री कर्णबहादुर थापाले वीरगन्ज चिनी मिल सञ्चालन हुन सक्ने अवस्थामा रहेको बताउनुभएको छ । पर्साको रामगढवामा रहेको नेकपा (एमाले)को पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उद्योगमन्त्री थापले स्थलगत अवलोकनका क्रममा वीरगन्ज चिनी मिल सञ्चालन हुन सक्ने अवस्थामा आफूले पाएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय राजनीतिक दलका नेताहरूले चिनी मिल सञ्चालनका लागि दृढ इच्छा शक्ति देखाए त्यसका लागि आफू पनि गम्भीर भएर लाग्ने बताउनुभयो । उद्योगमन्त्री थापाले वीरगन्ज चिनी मिल र कृषि औजार कारखाना सञ्चालनको प्रक्रिया अगाडि बढाउनका लागि उद्योग मन्त्रालय तत्पर रहेको जानकारी दिनुभयो । उहाँले दुवै कारखाना सरकारले सके आफैँ नसके निजी क्षेत्रलाई दिएर सञ्चालनमा ल्याएरै छाड्ने दाबी गर्नुभयो ।

प्रकाशित मिति: आइतवार, बैशाख १४, २०७१