बिहिबार, चैत्र १५, २०८०

मासु खाँदा बालिकाको मृत्यु

मुगु, १४ वैशाख । सदरमुकाम गमगढी बजारदेखि पूर्वोत्तर भागमा पर्ने पुलु गाविसअन्तर्गत वडा नं ४, ५ र ६ सरोग गाउँमा शनिबार एउटा मरेको झोप्के (याक र गाईको ठिमाहा) को मासु खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ । मासु खाने अन्य २५ जना सिकिस्त बिरामी परेको अस्थायी प्रहरी चौकी पुलुले जनाएको छ । सञ्चारको सुविधा नभएका कारण खबर पनि समय लागे पनि आजसम्म मृतकको सङ्ख्या बढेको हुन सक्ने आशङ्का गरिन्छ । बिरामीको उपचारार्थ स्वास्थ्य टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । दुई वर्षअघि पनि उक्त गाउँमा विषाक्त मासु सेवनबाट पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतवार, बैशाख १४, २०७१