बिहिबार, अशोज ११, २०८०

इलाकास्तरीय पशुपक्षी हाटबजार लगाउन सुरु

रुकुम, १३ वैशाख । कृषि उत्पादनको बिक्री वितरणमा सहजता ल्याउन इलाकास्तरीय पशुपक्षी हाटबजार लगाउन सुरु गरिएको छ । जिल्लाको ८ नम्बर इलाकाअन्तर्गत विजयश्वरी, कोटजहारी, खोलागाउँ र नुवाकोटका कृषकले इलाकास्तरीय पशुपक्षी हाटबजारको सुरुवात गरेका हुन् । कोटजहारी गाविसका–९  ऐराकेमा हाटबजार सुरु गरिएको हो । पशुपक्षी हाटबजारलाई व्यवस्थित बनाउन तिलक शर्माको अध्यक्षतामा सात सदस्यीय व्यवस्थापन समिति पनि गठन गरिएको छ । केही समयदेखि ऐराकेमा  हरेक महिनाको १५ गते पशुपक्षी हाटबजार सञ्चालन हुँदै आएको छ । ऐराकेमा हाटबजारको लागि भन्दै चार कोठे भवन पनि निर्माण गरिएको छ । जिल्ला पशुसेवा कार्यालय रुकुमको आर्थिक सहयोगमा विसं २०६७ मा निर्माण भएको भवनको मर्मत, शौचालय निर्माण र खानेपानीको व्यवस्थापनको काम बाँकी रहेको व्यवस्थापन समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिए । आर्थिक स्रोत सङ्कलन गरी ती काम गर्ने योजना बनाइएको अध्यक्ष शर्माले बताए । कृषिजन्य उत्पादनको बिक्री विरतणमा सहजता ल्याई कृषिको व्यवसायीकरणमा उत्प्रेरणा प्रदान गर्ने उद्देश्यसहित हाटबजारको सुरुवात गरिएको पशुपक्षी हाटबजार व्यवस्थापन समितिले जनाएको छ । – कृषि साप्ताहिक

प्रकाशित मिति: शनिबार, बैशाख १३, २०७१