गजुरी (धादिङ), ११ वैशाख । दक्षिणी धादिङको महादेवस्थान गाविसअन्तर्गत पर्ने महाभारतको बु्रसबाङका चेपाङहरूले वर्र्षाैंदेखि पानी खान नपाएर सास्ती व्यहोरिरहेका छन् । ब्रुसबाङवासी पानी खान नपाएको खबर पटकपटक प्रकाशमा आए पनि गाउँवासीले अहिलेसम्म पेटभरि पानी खान पाएका छैनन् । गाउँमा केही बिरामी भयो भने पानी खुवाउनका लागि छिमेकीसँग पैँचो गर्नुपर्ने हुन्छ । पानी नभएर धेरै मानिस बिरामी पर्दा छिमेकीको घरबाट ल्याएको एक लोटा पानी पैँचोका रूपमा तिर्नुपर्ने गाउँका अगुवा सिद्धिबहादुर चेपाङको भनाइ छ । पानीको एक मात्र मुहान गाउँदेखि तीन घण्टा तल बाङकुतिर्को भीरमा रहेको छ । गाउँबाट कुवामा पुगेर पानी ल्याउनुपर्दा अर्को बाध्यताले गर्दा ब्रुसबाङका चेपाङ महिलाको दैनिकी निकै कष्टकर बन्दै गएको छ । खानेपानीको व्यवस्था गर्न यहाँका प्रत्येक घरमा एकएकवटा दुई हजार लिटरको प्लास्टिक ट्याङ्की वितरण गरिएको भए पनि अघिल्लो वर्È भदौमा सङ्कलन गरिएको पानी अहिले सकिएको छ । पानीको जोहो गर्न गाउँबाट तीन घण्टा तल पुग्नुको विकल्प नरहेको स्थानीय टेकबहादुर चेपाङले बताए ।
पानी घर ल्याएर सबैलाई खुवाउन सक्ने अवस्था छैन । गाउँमा पाहुना आउँदासमेत पानी नभएका कारण खाना पकाएर खुवाउन नसक्ने गरेको गाउँ भ्रमण गरेर फर्केका फियान नेपालका राजेन्दै बस्नेतले बताए । पानी लिनका लागि लामो समय लाग्ने भएकाले जेनतेन आफूले पानी खाए पनि छिमेकीले पानी मागे भने पैँचो तिर्नुपर्ने एक मात्र गाउँ ब्रुसबाङ मात्रै भएको बस्नेतको दाबी छ । ब्रुसबाङका वस्तुले पनि पालो गरेर दुईतीन दिनमा मात्र पानी खान पाउँछन् । गाउँमा पानी ल्याउनका लागि जिल्ला विकास समितिले गरेको सर्वेअनुसार रु ४५ लाख लाग्छ तर रु १५ लाखभन्दा बढी रकम गाउँमा अनुदान नआएकाले पानी खानका लागि गाउँवासी अझै कयौँ वर्षसम्म तिर्खा लागेरै बस्नुपर्ने बाध्यता रहने निरासा चेपाङ समुदायको छ ।
चेपाङ समुदायको मात्र २७ घर रहेको ब्रुसबाङमा प्रयास नेपाल, फोकस नेपाल, शान्ति नेपाललगायतका सङ्घसंस्थाले करोडौँ खर्च गरिसकेको बताएका छन् । जिविस र चेपाङ सङ्घले पनि ठूलो रकम खर्च गरेको बताउँदै आएको छ तर ब्रुसबाङवासीले कहिल्यै पनि पानी खान पाएका छैनन् । गाउँमा खाने अन्नसमेत सकिएकाले सिस्नु र कनदमूल खाएर परिवार पाल्नुपर्ने अवस्था आएको बुद्धिमायाँ चेपाङले बताए । कृषि साप्ताहिक
Add Comment