शनिबार, बैशाख ८, २०८१

यस वर्ष गहुँ उत्पादन बढ्ने अनुमान

तुलसीपुर (दाङ), ९ वैशाख । दाङ जिल्लामा यस वर्ष गहँु उत्पदनमा वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । खेती अनुकुलको मौसम wheatरहनुले जिल्लाको गहुँबाली राम्रो हुनुले उत्पादनमा वृद्धि हुने अनुमान कार्यालयले गरेको हो । कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि अधिकृत राममिलन विश्वकर्माले दिएको जानकारीअनुसार जिल्लामा यस वर्ष १२ हजार ७०० हेक्टर जग्गामा गहँुखेती गरिएको छ । खेती अनुकुलको मौसम कायम रहेको हुँदा यस वर्ष जिल्लामा प्रतिहेक्टर उत्पादन २.३२ मेट्रिक टन हुने गत वर्षको तुलनामा १४७.५ मेट्रिक टन बढ्ने अनुमान गरिएको छ । जिल्लामा गत वर्ष १२ हजार ७०० हेक्टर जग्गामा गरिएको गहँुखेतीबाट २९ हजार ४६४ मेट्रिक टन गहँु उत्पादन भएको पनि वरिष्ठ अधिकृत विश्वकर्माले जानकारी दिएकाछन् ।
उहाँका अनुसार कार्यालयले आफूले गरेको खेतीबाट राम्रो उत्पादन लिन किसानलाई यस वर्षदेखि उन्नत बीउ प्रयोग गर्न, प्रत्येक तीन÷चार वर्षमा बीउ परिर्वतन गर्न पनि सल्लाह दिएको छ । यस वर्ष जिल्लामा गौतम, एनएल २९६, भृकुटी विजयालगायतका उन्नत गहुँको खेती गरिएको छ । यसैबीच यतिखेर जिल्लामा गहुँखेती स्याहार्न किसान व्यस्त देखिन्छन् । अहिलेसम्म यहाँका किसानले ९० प्रतिशत गहुँ बाली स्याहारी सकेका छन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ९, २०७१