जुम्ला, ९ वैशाख । जिल्ला पशुसेवा कार्यालय जुम्लाले बध सञ्चालनका लागि ६४ मासु व्यवसायीलाई इजाजतपत्र वितरण गरेको छ । जुम्ला बजारमा जथाभावी खसी, बोका, राँगा, भँैसी र कुखुराको बध गर्ने र जताततै फोहोर गर्ने कार्यलाई व्यवस्थित गर्न तथा कानुनी प्रक्रियाअनुसार व्यवसाय गर्न लगाई करको दायरामा ल्याउन सो अभियान थालिएको जानकारी पशु विकास अधिकृत गोविन्द महतले दिए ।
जिल्लाका चन्दननाथ र महत गाविसका मासु व्यवसायीले मात्रै इजाजत लिएका र अन्यलाई मापदण्डभित्र ल्याइने जिल्ला पशु स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । पशु तथा पक्षीहरूलाई खुला ठाउँमा बध गर्ने तथा अस्वच्छ मासु बिक्री गर्ने व्यवसायीहरूलाई भेटेमा कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने सो कार्यालयले जनाएको छ । कृषि साप्ताहिक
Add Comment