आइतवार, अशोज १४, २०८०

एक अर्ब पचास करोड बराबर मुसुरोको दाल उत्पादन

musuroकलैया, ९ वैशाख । बारा जिल्लामा यस वर्ष करिब रु एक अर्ब ५० करोड बराबरको मुसुरो (दलहन) दाल उत्पादन भएको कृषि विकास कार्यालय बाराबाट थाहा भएको छ । यस वर्ष बाराका कृषकले कुल १४हजार ३४७ हेक्टर क्षेत्रफलमा सिमल, सिम्क्री, शिवर जातको मसुरोखेती गरी प्रतिहेक्टर १.३ मेट्रिक टनले कुल १८ हजार ६५१ मेट्रिक टन मुसुरो उत्पादन भएको सो कार्यालयका योजना अधिकृत रामदयाल ठाकुरले बताउनु भयो । सो मुसुरो कलैयामा प्रतिक्विन्टल रु सात हजार ७०० देखि आठ हजारमा बिक्री भइरहेकोमा यस वर्ष रु एक अर्ब ४९ करोड २० लाख ८० हजार मूल्यको १८ हजार ६५१ मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष जिल्लाका कृषकले कुल १३ हजार ८४७ हेक्टर क्षेत्रफलमा विभिन्न जातका मुसुरो खेती गरी प्रतिहेक्टर १.१ मेट्रिक टन कुल १५ हजार २३१ मेट्रिक मुसुरो दाल उत्पादन गरेका थिए । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, बैशाख ९, २०७१