मङ्लबार, अशोज ९, २०८०

प्रथम चिकेन फेस्टिबल

पोखरा, ५ वैशाख । पोल्ट्री व्यावसायिक मञ्च कास्कीको आयोजनामा यही वैशाख ५ र ६ गते पोखरा सभागृहमा प्रथम चिकेन फेस्टिबलको आयोजना गरिने भएको छ ।
फेस्टिबलमा करिब दुई हजारभन्दा बढी कुुखुरा व्यवसायसँग सम्बन्धित निकाय र किसानको सहभागिता रहने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । किसानलाई कुखुरापालनसम्बन्धी ज्ञान दिनुका साथै कुखुरा सप्लायर्स, मासु व्यवसायी र किसानलाई मर्यादित र व्यावसायिक बनाउने सो फेस्टिबलको उद्देश्य रहेको छ । फेस्टिबलमा दाना कम्पनी, ह्याचरी उद्योग र औषधि कम्पनीका गरी १५ वटा कक्ष रहने छ । कास्कीमा ७०० वटा कुखुरा फार्म, सातवटा दाना कम्पनी, छ वटा ह्याचरी फार्म र ३०० वटा कुखुराका मासु पसल रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्लामा दैनिक ३५ हजार केजी कुखुराको मासुको माग भए पनि २५ हजार केजीमात्रै उत्पादन हुने गरेको, अण्डा दैनिक एक लाख माग भए पनि ६७ हजार उत्पादन हुने गरेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ५, २०७१