स्याङ्जा, ५ वैशाख । वालिङ नगरपालिका–४ भीमटारीमा बसोबास गर्दै आएका दलित महिलाको आर्थिकस्तर उकास्नका लागि नगरपालिकाले कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीका अनुसार महिलाहरूलाई उद्यमी बनाई उनीहरूको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ३४ दलित परिवारलाई प्रतिपरिवार जनही छ÷छ वटाका दरले उन्नत जातका चल्ला वितरण गरिएको हो । “हामीले दलित महिलाहरूलाई लक्षित गरी चल्ला वितरण गरेका छौँ”–कार्यकारी अधिकृत अधिकारीले भन्नुभयो–“कुखुरा पालन गरेर आर्थिक आम्दानी गर्न सकिँदोरहेछ भन्ने चेतना जगाउनका लागि चल्ला दिएका हौँ ।” चल्ला वितरणसँगै पशु प्राविधिकलाई पनि गाउँमै लगेर कुखुरा पाल्ने तरिका, विभिन्न समयमा देखापर्ने रोग र त्यसको रोकथामबारे पनि महिलाहरूलाई प्रशिक्षण दिइएको अधिकृत अधिकारीले बताउनुभयो ।
दलित महिलाको आर्थिकस्तर उकास्न कुखुराका चल्ला वितरण

Add Comment