बिहिबार, अशोज ११, २०८०

कुखुरा उत्पादनमा कैलाली आत्मर्निभर

ChickenFamily-शैल शाह,

कैलाली (अत्तरिया), ३ वैशाख । पछिल्लो एक वर्षयता कैलाली बोइलर कुखुरा उत्पादनमा आत्मनिर्भर बनेको छ । कैलालीमा व्यावसायिक रुपमा कुखुरापालक किसानको सङ्ख्या बढ्दै गएपछि कुखुरा उत्पादनमा आत्मर्निभर बनेको हो । जिल्ला पशुसेवा कार्यालयले दिएको जानकारीअनुसार यहाँ उत्पादित बोइलर कुखुरा सुदूरपश्चिमका सात पहाडी जिल्ला र मध्यपश्चिमका दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, नेपालगन्जलगायत अन्य जिल्लामा निकासी हुँदै आएको छ ।
कैलालीमा कुखुरापालक किसानको सङ्ख्या बढ्दै जानुले बोइलर कुखुरा उत्पादनमा कैलाली आत्मर्निभर बनेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा विनय कर्णले बताए । यहाँ उत्पादित बोइलर कुखुरा देशका अन्य जिल्लामा निर्यात हुुनुले यो जिल्ला बोइलर कुखुरा उत्पादनमा आत्मर्निभर बनेको मान्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, बैशाख ३, २०७१