शनिबार, जेष्ठ १२, २०८१

रसायनिक विषादी प्रयोग न्यूनिकरण आजको आवश्यकता

– हिमा स्वस्ती पौडेल

पछिल्लो समयमा जैविक कृषि उत्पादन बढाउनु पर्दछ भन्ने नारा धेरै नै चल्न थालेको छ । उपभोक्ताहरु पनि जैविक अर्थात अर्गानिक खाद्य सामग्री तर्फ धेरै आकर्षित भएका छन् । ठूला डिपार्टमेण्ट स्टोरहरुमा सजाएर राखिएका हरिया तरकारी अर्गानिक भन्दै विक्री गरिएको पाइन्छ । बजारमा खुल्ला राखिएको मात्र होइन डिपार्टमेण्ट स्टोरहरुमा विक्रीका लागि राखिएका हरियो तरकारीहरु समेत खान योग्य देखिदैन । बजारबाट किनेर लगिएका हरिया तरकारीहरु धु“दा धेरै हरियो रङ्गहरु जाने गरेको देखिन्छ । जुन हामीले दैनिक भोगेका र अनुभव गरेका छौं । तर सरकार वा सम्वन्धित निकायले त्यस तर्फ ध्यान दिन सकिरहेको छैन ।HIma paudel
आम नागरिकलाई स्वस्थ खाद्य सामग्री उपलब्ध गराउने काम राज्यको हो । यतिखेर आम नागरिकहरुले गुणस्तरहिन खाद्य सामग्रीहरु उपभोग गरिरहनु परेको छ । खाद्य प्रविधि गुण नियन्त्रण विभागले उजुरीका आधारमा वा कुनै समय अनुगमन गर्दा अखाद्य बस्तु फेला पारेको खण्डमा पनि आफूले कार्वाही गर्न नसक्ने कार्वाहीका लागि सिफारिस गर्नु पर्ने अवस्थाका कारण पनि खाद्य बस्तुहरुमा अखाद्य सामग्रीहरु प्रशस्त बजारमा पाइन्छ ।
नेपाली जनतालाई झुठको खेतीमा अल्झाउने काम व्यापारीहरुले गरिरहेका छन् । हरियो सागपात मात्र होइन बजारमा पाइने मुला, कांक्रा, गाजर, साग गोलभेंडा, धनिया“ लगायतका दैनिक उपभोग हुने तरकारी जातका खाद्यबालीहरुमा विषादी रहित पाउन मुश्किल पर्दछ । खाद्य पदार्थ स्वस्थ खान पाउने आशाका साथ जति सुकै चर्को मूल्यमा पनि खरिद गर्ने नेपालीहरुको बानीलाई व्यापारीहरुले ठगी गर्ने मेलो मिलेको छ । अहिले बजारका विभिन्न ठाउ“हरुमा अर्गानिक पसलका नाममा खुल्न थालेका छन् । ती पसलहरुमा बेच्न राखिएका खाद्य बस्तुहरु अर्गानिक हो भन्ने प्रमाणित कसले गरिदिने ? विश्वासका भरमा खरिद गर्नु पर्ने अवस्था र त्यही विश्वासका कारण बिषादीयुक्त हरिया तरकारी खानु पर्ने वाध्यता आम नेपालीको रहेको छ ।
काठमाडौं शहरमात्र होइन मुलुकभरका ठूला शहरहरुमा विक्रीका लागि राखिएका तरकारी जात मात्र होइन फलफूलहरुमा समेत अत्यत्नै धेरै बिषादी प्रयोग भएको पाईन्छ । राजनीतिक नेतृत्वहरुले खाने तरकारी वा फलफूल पनि यदि परीक्षण गर्ने हो भने खान योग्य देखि“दैन । बाहिर हेदौ टलक्क टल्कने फलफूल र तरकारीका कारण दङ्ग पर्ने उपभोक्ताहरुले आफ्नै कारणले स्वास्थ्यमा हानी पुगिरहेको कुरा अनुमान पनि गर्न सकेका छैनन् ।
बिषादी युक्त खाद्य बाली प्रयोगकै कारण धेरै नेपाली जनतालाई विभिन्न खालका रोगहरुको संक्रमण हुने गरेको तथ्याङ्कहरुले नै प्रमाणित गरिसकेको अवस्था छ । अर्को कुरा के हो भने उपभोक्ताहरुसम्म हरिया तरकारी फलफुल जात उत्पादन गर्ने किसानहरुले अरुले खाने भएका कारण पनि मुखले बिषादी प्रयोग गरेको छैन भन्ने र लुकी छिपी रसायनिक बिषादी प्रयोग गरिरहेको हामै्र आ“खा सामु धेरै उदाहरणहरु छन् । धरै जसो बिषादीका कारण विरामी हुनेहरु उपभोक्ताहरु होइन किसानहरु नै देखिन्छन् । रातारात कृषि उत्पादन दोब्वर बनाउने र बढी फाइदा लिने नाममा बिषादी छर्कदा अपनाउने विधिहरु किसानहरुले हेलचक्र्याई गर्दा परिणाम दिनप्रतिदिन गम्भिर हुदै गईरहेको छ ।
रसायनिक बिषादी प्रयोगले थोरै आर्थिक फाइदा भएका होलान् तर त्यसले ठूलो नोक्सानी भईरहेको छ । यसतर्फ अव किसानहरुले नै जागरुक हुनु पर्ने देखिन्छ । यसका लागि किसानहरुलाई राज्यले विभिन्न खाले जागरण अभियान शुरु गरेर भएपनि चेतना अभिबृद्धि गर्नु आवश्यक छ । बिषादी प्रयोग न्यूनिकरण गर्नका लागि कृषि विकास मन्त्रालय मातहत रहेको बाली संरक्षण निर्देशनालय मातहत आईपिएम कार्यक्रम शुरु भएयता जैविक कृषि उत्पादनमा किसानहरु जागरुक नभएका होइनन् तर त्यसलाई दीर्धकालिन रुपमा अगाडि बढाउने कुरामा राज्य चुक्न खोजिरहेको हो कि भन्ने शंका उत्पन्न भएको मात्र होइन । कतिपयले फट्याई गरी रसायनिक बिषादी प्रयोग भएका उत्पादनलाई पनि जैविक उत्पादन हो भन्दै उपभोक्ताहरुलाई ठगी गरिरहेको पाईन्छ ।
नेपाल सरकारले केही रसायनिक बिषादी प्रयोग र विक्री वितरणका लागि पूर्ण रुपमा बन्देज लगाएको भनिएता पनि केही एग्रोभेटले लुकीछिपी र खुला सिमानाका कारण तराईका जिल्लाहरुमा प्रत्यक्ष किसानसम्म पुगेर विक्री वितरण नभएको भने होइन । किसानहरुलाई विभिन्न आर्थिक प्रलोभन वा भनौं बढी उत्पादन र बढी कमाईहुने भन्दै त्यस्ता बिषादीको प्रयोग हुने गरेको सुन्नमा पनि आएका छन् । जैविक कृषि उत्पादन बढाउने भन्ने कुरा जति चर्का सुनिन्छन् त्यत्ति नै रसायनिक बिषादी प्रयोगमा कमी ल्याउने कुरा सुनिने हो भने नेपाली उपभोक्ताले स्वस्थकर खाद्य सामग्री त उपभोग गर्न पाउथे ।
तर विडम्बना बिषादी न्यूनिकरणका गर्नका लागि सिङ्गो सरकारका तर्फबाट नै पहल कदमी उठाइएको पाईदैन । राष्ट्रिय राजनीतिका जति धेरै कुरा हुन्छन् त्यत्तिनै धेरै चर्चा र बहशको विषय बिषादी न्यूनिकरणका लागि हुनु पर्दथ्यो तर हु“दैन त्यसकारण पनि कृषि प्रधान देशका रुपमा स्थापित भएको नेपाल भविष्यमा खाद्यबालीमा सवैभन्दा बढी रसायनिक बिषादी प्रयोग हुने देशका रुपमा परिचित नहोला भन्न सकि“दैन ।
सस्तो लोकप्रियताका लागि कतिपयले आफ्नो कृषि फार्ममा अर्गानिक कृषि फार्म लेख्ने तर रसायनिक बिषादी प्रयोग गर्ने गरेको पनि पाईन्छ । नियमित अनुगमन गर्न नसक्दा पनि यसले धेरै असर पुगेका देखिन्छ । काठमाडौं उपत्यका र त्यसको सेरोफेरोमा मात्र होइन अन्य जिल्लामा व्यवसायिक तरकारी खेती गरिरहेकाहरुले तत्काल फाइदा हेरेर रसायनिक बिषादी तर प्रयोग गरिरहेका छन् । त्यसको अन्त्यका लागि सरकारले ठोस कदम अगाडि सार्नु पर्दछ । कृषिको व्यवसायिकताका नाममा गलत प्रयोग हुने खतरा बढ्दै गईरहेका कारण पनि सम्वन्धित पक्ष सर्तक हुनु जरुरी छ । अवको कृषि व्यवसायिकतास“गै बिषादी रहित कृषि हुनु आजको आवश्यकता हो ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २, २०७१