मङ्लबार, बैशाख ११, २०८१

खाद्य स्वच्छता अभियान कार्यक्रम सुरु

अत्तरिया (कैलाली), २७ चैत । खाद्य प्रविधि गुण नियन्त्रण विभागले मेची–महाकाली खाद्य स्वच्छता अभियान कार्यक्रम सुरु गरेको छ । बुधबार कैलालीको धनगढीमा सरोकारवाला निकायसँग छलफल कार्यक्रमको आयोजना गरी विभागले उक्त कार्यक्रम सुरु गरेको हो । उपभोक्तालाई सचेत बनाउन विभागले सुदूरपश्चिमको धनगढीबाट उक्त अभियान सुरु गरेको विभागका महानिर्देशक जीवनप्रभा लामाले बताउनुभयो । उहाँले खाद्य स्वच्छता अभियानअन्तर्गत होटल, रेस्टुराँ तथा भोजनालयमा गएर स्थलगत रुपमै परीक्षण गरिने बताउनुभयो । सो अभियानअन्तर्गत खाद्य स्वच्छता परीक्षण गरी राजमार्ग तथा सहरका होटल, रेस्टुराँ, भोजनालयको स्तरीकरण गरिने महानिर्देशक लामाले जानकारी दिनुभयो । खाद्य स्वच्छता परीक्षणका क्रममा होटलको अवस्था हेरी चारवटा स्टिकरमध्ये एउटा दिने र होटलको स्तरीकरण गर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७०