बिहिबार, बैशाख १३, २०८१

एक हजार चल्ला बरामद

गौशाला, २६ चैत । भारतबाट अवैध रूपमा नेपाल भित्र्याएको एक हजार चल्ला प्रहरीले आज बिहान सम्सी सीमा नाकाबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहानै गएको सीमा सुरक्षा गस्ती टोलीले १० वटा कार्टुनमा राखिएको एक हजार कुखुराको चल्ला सम्सी गाविसमा अवस्थित स्वास्थ्य चौकीनजिकै बाटोमा बेवारिसे अवस्थामा बरामद गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो । करिब ६ बजे बिहानै प्रहरीले बरामद गरेको ती चल्लाहरू जिल्ला प्रहरी कार्यालयले जिल्लाका सञ्चारकर्मीको रोहवरमा तत्काल खाल्टोमा पुरी नष्ट गरेको छ । कुखुराको चल्ला, अण्डा र कुखुरासमेत प्रतिबन्धित रहेको अवस्थामा पनि खुल्ला सिमानाका कारण विभिन्न चोर बाटो भएर महोत्तरीमा दैनिक ठूलो मात्रामा चल्ला, अण्डा र कुखुरा भारतबाट तस्करी गरी भित्र्याइने क्रम जारी छ । -कृषि साप्ताशिक

प्रकाशित मिति: बुधबार, चैत्र २६, २०७०