शनिबार, बैशाख ८, २०८१

व्यावसायिक गोलभेँडाखेतीका लागि कृषक तालिम

काठमाडौँ, २५ चैत । व्यावसायिक गोलभँेडाखेतीतर्फ कृषकलाई आकर्षित गर्ने उद्देश्यका साथ काठमाडौँको फर्पिङस्थित शिखरापुर दिगो कृषक पाठशालामा छहप्ते कृषक तालिम सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा काठमाडौँ दक्षिणभेगका पाँच गाविस (सेतीदेवी, दक्षिणकाली, छैमले, टल्कु र शेषनारायण) का कृषकलाई लक्षित गरी आयोजित तालिममा २७ जना कृषकको सहभागिता रहेको छ । तालिमका प्रशिक्षक एवम् दक्षिणकाली कृषि सेवा केन्द्रका अध्यक्ष रघुनाथ खड्काका अनुसार तालिममा कृषकलाई गोलभेँडाको बिरुवा तयार गर्नेदेखि त्यसको संरक्षण, टनेल निर्माण, उत्पादन तथा बिक्रीसम्मका विषयमा जानकारी गराइने छ । गोलभेँडाखेती आयआर्जनको महत्वपूर्ण माध्यम बन्न सक्ने भएका कारण तालिमपछि यस क्षेत्रका कृषक यसतर्फ आकर्षित बन्ने विश्वास लिइएको छ ।- कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, चैत्र २५, २०७०