शुक्रबार, चैत्र १६, २०८०

कृषि बीमा कागलाई बेल पाक्यो हर्ष न विस्मात

fist page newsकाठमाडौँ , २३ चैत्र । गतबर्ष माघ १ गतेदेखि बाली तथा पशु बीमा लागू गर्दा किसान जसरी उत्साहित भएका थिए त्यसको करिव चौध महिना वितिसक्दा पनि कृषि बीमाले मूर्त रुप लिन नसक्दा किसानहरुमा आएको उत्साह निराशामा छाएको छ भने बीमा गर्ने कार्यमा अग्रसर भएका उच्चअधिकारीहरु पनि निराशा देखिन थालेको छ । विशेषत ः बीमा समितिले आफ्नो निर्णयलाई कार्यान्वयन गर्न नसक्दा यो अवस्था देखिएको हो ।
मुलुक कृषि प्रधान देश भएता पनि किसानको सुरक्षाका लागि काम नभईरहेको भन्दै कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालको सक्रियतामा नेपालमा कृषि बीमाको शुरुवात भएको  चौध महिना वितिसक्दा पनि कृषि बीमाका लागि बीमा समितिले कार्यान्वयनमा कडाई गर्न नसक्दा बीमा कम्पनीहरुले कृषि बीमामा चासो देखाएका छैनन् भन्ने कुरा छर्लङ्ग भएको छ । नेपालमा रहेका १७ वटा निर्जिवन विमा कम्पनीहरु मध्ये धेरैले एउटा पनि कृषि बीमा नगरेका भेटिन्छन् । यसले गर्दा नेपाली किसानहरुलाई व्यवसायिक कृषि तर्फ आकर्षित गर्न सम्भावना धेरै रह“दा पनि बीमाका कारण पनि कृषि तर्फ उन्मूख भएकाहरु निरुत्साहित हुन थालेको पनि देखिन्छ । कृषि बीमाका विषयमा सगरमाथा इन्स्योरेन्स इन्स्योरेन्सका कार्यकारी निर्देशक कृष्ण बहादुर बस्न्यातले कृषि बीमा टाठाबाठाहरुले खाने भएकाले आफूहरुले खासै चासो नदिएको बताउ“छन् । बीमा समितिले कृषि बीमा कार्यान्वयनका लागि कडाई ग¥यो भने के गर्नु हुन्छ भन्ने कुरामा कडाई भन्या त्यस्तै हो । बीमा समितिले जे भन्यो त्यही कम्पनीहरुले गर्न सक्दैनन् ।  त्यत्तिमात्र होइन कृषि बीमा झझण्टिलो भएकाले पनि आफूहरु उत्सुक नभएको बताए । कृषि विकास मन्त्रालयले कृषि बीमा शुरु गरेपछि उत्साहित भएका किसानहरु
आफ्नो कृषि उत्पादनको बीमाका लागि बीमा कम्पनीको ढोका ढोकामा धाउदा पनि बीमा कम्पनीहरुले बीमा गर्न हिच्किचाईरहेका छन् । सवारी साधन लगायतमा प्रशस्त बीमा गर्न तयार हुने बीमा कम्पनीहरुले किसानका कृषि उत्पादनमा बीमा गर्न नखोज्नु व्यवसायी कृषि तर्फ आकर्षित किसानहरुलाई कृषि क्षेत्रबाट पलायत बनाउन खोजिएको हो कि भन्ने गुनासो किसानहरुले गर्न थालेका छन् । कृषि बीमाले किसानहरुलाई ठूलो राहत हुने भन्दै हरेक जिल्लासम्म पुगेर किसानलाई सुरक्षित कृषि बीमाले मात्र बनाउने उद्घोष गर्दै  सरकारले बीमाको प्रिमियमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गर्दा पनि कृषि बीमाले सोच अनुरुपको सफलता हासिल गर्न नसकेपछि सचिव जयमुकुन्द खनाल चिन्तित देखिन थाल्नु भएको छ । बीमा कम्पनीहरुले कृषि बीमालाई उत्साहित नगर्दा भावी दिनमा नेपाली कृषि क्षेत्र संकटमा पर्ने सम्भावना बढ्दै गएका कारण बीमा कम्पनीले कृषि विकास मन्त्रालयले शुरुवात गरेको कृषि बीमा सोही गतिमा अगाडि बढाउन सक्नु अनिवार्य छ ।
केराको व्यवसायिक खेती गरिरहेका नवलपरासीका किसानहरुले कृषि बीमा लागि बीमा कम्पनी धाउदा पनि नपाएको गुनासो लिएर मन्त्रालयसम्म धाएका छन् । केरा उत्पादकहरुले आफ्नो उत्पादनको बीमा नभएर मन्त्रालय भित्रै आएर अनशन बस्ने धम्की दिन थालिसकेका छन् । बीमा कम्पनीहरुले कृषि बीमा नगरेको विषयमा बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर के.सीले बीमा कम्पनीहरुलाई आफूहरुले निर्देशन दिईसकेको बताउँछन् । बीमा समितिले निर्देशन दिएको भन्दै पन्छिन खोजेको छ ।
कृषि बीमा गर्नका लागि बीमा कम्पनीहरुलाई बीमा समितिले सक्रिय तुल्याउन र निर्णय कार्यान्वयन गराउने कुरामा पहल नगर्दा किसानहरुले झण्झट बेहोर्नु परेको छ । किसानहरुलाई प्राय जसो बीमा कम्पनीले कृषि बीमा आफ्नो नीतिमा नभएको र गाह्रो भएकोले नगर्ने जवाफ समेत दिने गरेका छन् ।
कृषि बीमा ल्याउन प्रमुख भूमिका निर्वाह गर्नु भएका कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनाल बीमा कम्पनीहरुले किसानहरुप्रति जवाफदेहि नभएकोमा चिन्ता समेत व्यक्त गर्नु हुन्छ । कृषि बीमा ल्याउँदा जति खुशी र किसानहरु उत्साहित थिए यतिखेर त्यो सवै चकनाचुर भएको छ । बीमा समितिले कम्पनीहरुलाई कडाई गर्न नसकेको कारण पनि यो अवस्था आएको हो । बीमा कम्पनीहरुले कृषि बीमा गर्न पुगेको किसानहरुलाई अल्झाएर पठाउँदा पनि बीमा समिति मूक दर्शक बनेर बसिरहेको अवस्था छ । कृषि बीमा नगर्नेलाई गरिने कार्वाहीका बारेका बीमा समितिका निर्देशक श्रीमान् कार्की सम्पर्कमा आउन चाहेनन् ।  सम्वन्धित निकायका व्यक्तिरुले जनगुनासका बारेमा बोल्न नचाहनुलाई उनीहरु ज्नताप्रति वफादार छैनन् भन्ने कुरा प्रष्ट देखिन्छ । यसले कृषि बीमा कृषकका लागि हात्ति आयो हात्ति आयो फुस्सा भने जस्तै भएको छ । -योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: आइतवार, चैत्र २३, २०७०