शुक्रबार, चैत्र १६, २०८०

आँपको मजुरामा मधुवा कीरा र हुरीवतासका कारण किसान चिन्तित

सप्तरी, २१ चैत । आँपको मजुरामा मधुवा कीरा र हावाहुरीले क्षति पु¥याउन थालेपछि  यहाँका किसान चिन्तित बनेका छन् । आँप उत्पादनको दृष्टिकोणले यो वर्ष बढी आँप उत्पादन हुने वर्ष भए पनि आँप फल्नुभन्दा पहिले नै मजुरामा मधुवा कीरा र हावाहुरीले क्षति पु¥याएपछि किसान चिन्तित बनेका हुन् । केही दिनदेखिको बढ्दो हावाहुरीले आँपको बोटमा फुलिएको मजुराहरु क्षतिग्रस्त र बाँकी रहेको मजुरामा समेत अहिले मधुवा कीराको प्रकोप बढेपछि चिन्ता थपिएको स्थानीय किसान बताउँछन् ।
मधुवा कीराको प्रकोप बढेपछि आँप बचाउनका लागि उपाय खोज्न किसान सदरमुकामस्थित कृषि विकास कार्यालय धाउने गरेका छन् । मधुवा कीरा मार्न कुन औषधि कसरी छर्किने भने कुरा थाहा नहुँदा समस्या भएकाले त्यो बुझ्न कृषि विकास कार्यालय आएको सप्तरीको कल्याणपुर गाविसका किसान मो. सफिक बताउछन् । आँपको राजधानी मानिने सप्तरीमा फल्ने आँप मुलुकको विभिन्न सहरका साथै भारत लगायतका अन्य छिमेकी मुलुकहरुमा निर्यात हुँदै आएका छन् । यसपालि पातभन्दा बढी मजुरा थियो, तर मधुवा कीरा लागेर आधा झ¥यो सप्तरीको सीतापुरका किसान राजेन्द्र विश्वकर्मा भन्छन्–‘‘मधुवा कीराले कमजोर पारेकोले हुरीवतासले मजुरा झारिदिएको र मजुरा नझरेको भए यसपालि आँपको दाना धेरै फल्थ्यो ।” यस वर्ष बेमौसमी वर्षा भएकाले आँपको मजुरामा मधुवा कीराको प्रकोप बढेको विश्वकर्माको भनाइ छ । आँपको पकेट क्षेत्रका रुपमा पूर्व पश्चिम राजमार्गसँग टाँसिएको सप्तरीको कञ्चनपुर, रुपनगर, सीतापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत रहेका छन् । यस क्षेत्रमा आँपको घना बगँैचा छन् । आँपको पकेट क्षेत्रमा मधुवा कीराले मजुरामा पु¥याएको क्षतिबारे प्राविधिक टोली खटाएर स्थलगत जानकारी लिने काम भइरहेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बागबानी अधिकृत सीताराम मण्डल बताउछन् । -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, चैत्र २१, २०७०