शुक्रबार, बैशाख ७, २०८१

अब नेपाली जडीबुटीमा पनि शत्रुजीवको सर्वेक्षण गरिने

काठमाडौँ, २० चैत । सरकारले नेपालमा रहेका विभिन्न जडीबुटीमा पाइने शत्रुजीवको पहिचान गर्ने उद्देश्यले शत्रुजीव सर्वेक्षण गर्ने भएको छ । नेपालका विभिन्न जडीबुटीमा पाइने शत्रुजीवको पहिचान हुन नसक्दा अन्तर्राष्ट्रिय व्यापारमा समस्या हुन थालेपछि पहिलो पटक नेपाली जडीबुटीमा शत्रुजीवको सर्वेक्षण गर्न लागिएको हो । जर्मन अन्तर्राष्ट्रिय सहयोग (जिआइजेड)को आर्थिक सहयोगमा वनस्पति विभागले नेपालमा रहेका पाँच महत्वपूर्ण जडीबुटीको शत्रुजीव सर्वेक्षण गर्ने तयारी गरेको हो । वनस्पति विभागका महानिर्देशक यमबहादुर थापाले अन्तर्राष्ट्रिय व्यापारमा जडीबुटीको समस्या उत्पन्न हुन थालेपछि त्यसलाई हटाउन जडीबुटीको शत्रुजीव सर्वेक्षण गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, चैत्र २०, २०७०