आइतवार, जेष्ठ १३, २०८१

पाँचौं हेम्जा आलु महोत्सव

पोखरा, १५ चैत । उद्योगमन्त्री कर्णबहादुर थापाले देशभरका सबै कृषकले हेम्जाका कृषकले कृषिमा गरेको व्यवसायीकरणको सिको गर्नुपर्ने बताएछन् । कास्कीको हेम्जा गाविसमा हिजोदेखि सुरु भएको पाँचौ हेम्जा आलु महोत्सवको शुभारम्भ गर्दै उहाँले  कृषिलाई व्यवसायीकरण गर्नसके पैसा कमाउन विदेश जानु पर्दैन भन्नुभयो । मन्त्री थापाले आलुको शीत भण्डार निर्माणमा आपूmले मन्त्रालयको तर्पmबाट सक्दो सहयोग गर्ने वचन दिनुभयो । “सुन्दर गाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक”  भन्ने मूल नाराका साथ आजदेखि हेम्जा गाविसमा सुरु भएको आलु महोत्सव चैत २० गतेसम्म चल्ने छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: शनिबार, चैत्र १५, २०७०