शनिबार, अशोज १३, २०८०

चिनी मिलमा आगजनी

चन्द्रनिगाहपुर (रौतहट), १३ चैत । श्रीराम सुगर मिल्स गरुडामा बुधबार राति अज्ञात बन्दुकधारी व्यक्तिले आगजनी गरेका छन् । चार÷पाँच जनाको समूहमा बन्दुक बोकेका व्यक्तिले चिनी मिल्स परिसरमै रहेको आवास भवनमा आगजनी गरेका हुन् । आगजनीका कारण दुई जिप जलेका छन् । पार्किङ गरी राखिएको बा५च ३३७२ र ना२च ९१४६ नंका जिपमा आगो लगाएपछि सो समूहले भवनमा समेत आगो लगाएर क्षति पु¥याएको छ ।
भवनमा लागेको आगो भने चौकीदारले तुरुन्तै निभाएपछि ठूलो क्षति भने भएको छैन । “राति १२ बजेतिर पाँच व्यक्ति बन्दुक बोकेर आए र हामीलाई नियन्त्रणमा लिए” चौकीदार विष्णु खड्काले बताउनुभयो । मिल्सका प्रबन्धक अशोक सिंहले केही महिना अघिदेखि नै आफूलाई केही व्यक्तिले धम्की दिने गरेको र स्थानीय प्रशासनलाई लिखित जानकारी गराउँदा पनि प्रशासनले गम्भीरतापूर्वक नलिएको आरोप लगाउनुभयो । घटनामा संलग्न व्यक्तिको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक नन्दलाल साहले जानकारी दिनुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, चैत्र १३, २०७०