शुक्रबार, चैत्र १६, २०८०

जिल्ला कृषि विकास कार्यालय रुकुमले ५२ साना सिँचाइ आयोजना निर्माण गर्ने

रुकुम, ६ चैत । चालु आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालय रुकुमले विभिन्न ५२ सिँचाइ आयोजना निर्माण गर्ने भएको छ । जिल्ला कृषि विकास समितिको बैठकले ४४ वटा साना सिँचाइ, चार वटा कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गतका सिँचाइ आयोजना र चार वटा सहकारीमा आधारित सिँचाइ आयोजना निर्माण गर्ने निर्णय गरेको हो । कार्यालयमा प्राप्त निवेदनमाथि छानबिन गरी निर्माण गरिने अन्तिम आयोजना छनोट गरिएको जिल्ला कृषि विकास समितिका सचिव तथा वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले जानकारी दिनुभयो । आयोजना निर्माणको लागि कार्यालयमा ७९ वटा निवदेन प्राप्त भएको भन्दै उहाँले केही आयोजना स्वीकृत नभएको बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालयले गर्नुपर्ने ३५ साना सिँचाइ आयोजनामध्ये ४४ र दुई वटा कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गतका सिँचाइ आयोजना निर्माण गर्नुपर्नेमा चार र दुई वटा सहकारीमा आधारित आयोजना निर्माणमा गर्नुपर्नेमा चार वटा आयोजना निर्माण हुने वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
पचहत्तर हजारका साना सिँचाइ आयोजना अब ५६ हजारमा निर्माण गर्नुपर्ने छ । पँैतीस वटा आयोजना निर्माण गर्ने बजेटलाई ४४ वटा आयोजनामा खर्च गरिने भएपछि आयोजनाको लागत रकम घटेको जनाइएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गतका दुई आयोजनाको लागि आएको छ लाख पनि चार वटा आयोजनामा लगानि गरिने छ भने सहकारीमा आधारित दुई आयोजना रकम पनि चार वटा आयोजना निर्माणमा लगाइने जिल्ला कृषि विकास समितिले जानकारी दिएको छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, चैत्र ६, २०७०