शुक्रबार, बैशाख ७, २०८१

युवा लक्षित मत्स्य कार्यक्रम आउँदै

काठमाडौं, २९ फागुन । कृषि विकास मन्त्रालयलये शुरुवात गरेको युवा स्वरोजगार कार्यक्रमलाई कार्यान्वयन गर्ने तर्फ राष्ट्रिय मत्स्य विकास कार्यक्रम अगाडि बढेको छ । युवाहरुलाई मत्स्य पालन व्यवसायमा आकर्षण गर्नका लागि आ.व २०७०÷७१ मा २ सय युवाहरुलाई मत्स्य पालन व्यवसायमा संलग्न गराउने तयारी अन्तिम चरणमा पुगेको छ । download
मत्स्य विकास राष्ट्रिय कार्यक्रमका प्रमुख रामानन्न मिश्रका अनुसार सो कार्यक्रमबाट ४० जिल्लाका युवाहरु लाभान्वित हुने बताउनु भएको छ । सो कार्यक्रमले मत्स्य विकासका हरेक मूल्य श्रृखलालाई समेट्न प्रयास गरिएको समेत उहाँले बताउनु भयो । यसैसाता भित्र छनौटको सार्वजनिक गर्ने समेत उहाँले जानकारी दिनु भयो ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २९, २०७०