शनिबार, बैशाख ८, २०८१

पर्वतमा थपियो एक गाउँ एक उत्पादन कार्यक्रम

पर्वत, २८ फागुन । विदेशी दातृ निकायको सहयोगमा उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्रले सञ्चालन गरिरहेको एक गाउँ एक उत्पादनले कृषि उत्पादनमा राहत उपलब्ध गराउँदै आएको मात्र होइन कृषि व्यवसायीकरणका कारण स्वरोजगारका लागि थप उत्साह समेत थपेको छ । पर्वत जिल्लालाई लप्सी जिल्ला बनाउने उद्देश्यसहित सुरु भएको एक गाउँ एक उत्पादन कार्यक्रम थप पाँच गाउँ विकास समितिमा विस्तार गरिने भएको छ ।
पर्वत उद्योग वाणिज्य सङ्घ र कृषि विकास कार्यालय पर्वतको सहकार्यमार्फत सञ्चालन गर्ने एक जिल्ला एक उत्पादन कार्यक्रमलाई आगामी वर्षदेखि पाँच गाउँ विकास समितिमा विस्तार गर्न लागिएको छ । आगामी वर्ष दुर्लुङ्ग, लिमिठाना, ठुलीपोखरी, खौलालाँकुरी र तिलहार गाविसमा कार्यक्रम विस्तार गरिने भएको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २८, २०७०