आइतवार, बैशाख ९, २०८१

रोग ढकेरी बांगे बाख्रा प्रजातीमा

kedark OKई. सं. १९३९ मा ब्रिटिश पशु स्वास्थ्य प्राविधिक सरलौले हालको पाकिस्तानको पंजाव प्रान्त अन्तर्गत सेखपुरा, गुज्रावाला, मुण्डीरीक क्षेत्रमा हिउँदका वेलामा धानको पराल मात्र खुवाएर पाल्दा भैंसी प्रजातिमा देखिएको स्वास्थ्य समस्यालाई डेगनाला रोग भनेको तथ्य भेटिन्छ । किनभने यी क्षेत्र डेग खोला वरिपरिका क्षेत्र रहेछन् । कालान्तरमा डेग खोला वरिपरि हिउँदमा पराल मात्र खुवाउने वेला देखिएको समस्या अन्वेषण गर्दा उक्त मौसममा पराल भित्राउने वेला भिज्न गई राम्ररी सुकाउन नसकिएको अवस्थामा परालको थुप्रो अनि कुन्यौमा फ्युजारीयम, असपरजिलोस अनि पेनिसिलियम प्रजातिको ढुशीको प्रदुषण भएको अनि यसरि ढुशी प्रदुषित पराल भैंसी प्रजातिले खाँदा शरीरमा हुने चय अपचय प्रकृयाका क्रममा ढुशीजन्य विषाक्ति तयार भई त्यसको शरीरका विभिन्न अंग प्रत्यङ्गमा पर्ने असरको लक्षणहरु पुच्छरको तल्लो भागको रौं झरी सुन्नीने, सुक्ने अनि खस्ने, कानको टुप्पो सुक्ने, खुट्टा चारैवटा सुन्नीने अनि कालान्तरमा खुरमाथिको खुट्टाको छाला सुकी झर्ने अनि आलो घाउ देखिने गर्दछ । एकै भौगोलिक अवस्थिति मौसमी अवस्थिति अनि पशुपालनका तरीका हुँदा भैंसीसंगै अन्य प्रजाति जस्तै गाई, वंगुर, बाख्रा, कुखुरा त्यसरि ढुशी प्रदुषित धानबाट उत्पादित ढुटो, कनीका, अनि ब्रान खुवाउँदा अछुतो रहलान् त ? यक्ष प्रश्न त यहि छ । बाख्रा प्रजातिमा ढुशी प्रदुषित घाँस, डालेघाँस तथा अन्नले स्वास्थ्यमा प्रतिकूल असर को स्थिति ?
दक्षिण अफ्रिकाको केपटाउनमा अनुसन्धानकर्ताले सन् १९८५ मा ढुशी प्रदुषित जै प्रयोगिक रुपमा बाख्रालाई खुवाई अनुसन्धान गर्दा अनुसन्धानकै अवधिमा ती बाख्राको वथानमा ¥याल काढ्ने, सिंगान बगाउने, वान्ता गर्ने, आँउ रगतमासी सहित छेर्ने, राम्ररी खुट्टा टेकी हिंड्न नसक्ने बेसुध हुने जस्ता लक्षणहरुको अभिलेखिकरण गरेको वैज्ञानिक अभिलेख पाईन्छ । यसरी अध्ययन÷अनुसन्धानका क्रममा विरामीको वधगरी शव परीक्षण गर्दा बाख्राको भुँडी तथा आन्द्राको म्युकस झिल्लीहरु उसिनीए झैं आफै बाहिर आउने अनी मासंपेसीमा रक्तश्राव देखिएको उल्लेख छ । पित्तथैली पित्तले भरिएको, कलेजो कालो, पहेंलो फोश्रो भइ आकारमा वृद्धि वा संकुचन भई स्वभाविक स्वरुप परिवर्तन भइ मासु पलाई कडा भएको उल्लेख गरिएको छ । यस्तै अध्ययन, अनुसन्धान क्रमशःअमेरीका, युरोप, अष्टूेलीया महादेशमा पनि गरिएको जसको निष्कर्ष माथि उल्लेखित तथ्य भन्दा फरक नभएको पाइन्छ ।
एशीया प्रायद्विप/महादेशमा भने उपरोक्त खाले अध्ययन अनुसन्धान गरिएको तथ्य भेटिदैन । नेपालको सन्दर्भमा वि. सं. २०६५ साल तिर बाँके जिल्लामा बाख्राहरुमा पक्षघातजन्य समस्या देखिदा त्यस क्षेत्रमा यस अघि सधैं देखिदै आएको कुर्मी रोगको उपचार गरिएको थियो । अन्य वर्ष सोही अनुसार उपचार गर्दा निको भएका बाख्रा यस वर्ष सो अनुसार औषधि निष्प्रभावी भइ, असोज(कात्र्तिकमा त्यस क्षेत्रमा करिव ५००(६०० सबै उमेरका बाख्राहरुको मृत्यु भएको तथ्य भेटिन्छ । यसको आर्थिक विश्लेषण मात्र गर्ने हो भने प्रति खसी बोका रु १०००।( को मुल्यलाई आधार मान्दा ५(६ लाखको क्षति कृषकले व्यहोरेको स्थिति छ । त्यसै वर्ष नेपाल खाद्य संस्थानले काठमाण्डौं उपत्यकामा देशका लागि खसी आपूर्ति गर्न बाँके जिल्लाको कोहलपुर ढकेरी क्षेत्रबाट करिव १८०० खसी बोका खरिद गरी ल्याएको तथ्य देखिन्छ । त्यसै क्रममा खाद्य संस्थान परिसरमा खसी बोका विरामी हुन पुग्दा बाख्रा प्रजातिका हालसम्म प्रचलित सबै रोगहरुको ततअनुसार उपचार गर्दा पनि खसी बोका विरामी पर्ने तथा मृत्यु हुने गरेको तथ्य भेटिन्छ ।
खाद्य संस्थान परिसरमा मरेका खसी बोकाका शवको शल्य परीक्षण केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा गर्दा निम्न तथ्य अभिलेख गरिएको छः सामान्यतया, हृष्टपुष्ट शरिरीक बनोट, पेट ढाडिएको, मुखबाट पानी तथा लादी झरेको, झाडा पखाला लागेको बाहिरी लक्षण देखियो ।
अन्य अभिलेखिकरण भएका लक्षणहरुमा
१) रुमेनमा ती खसी बोकाले घाँस डालेघाँस मकैजन्य अन्न जस्ता को तस्तै नपचेको अवस्था
२) रुमेन रेटिकुलम, ओमाजम, अवओमाजमको म्युकस झिल्ली फटक्क गलेर झर्ने अवस्था, त्यस मुनीको मासंपेशीमा थोप्ला थोप्ला जस्तो रक्तश्राव भएको
३) सानो आन्द्रा ठूलो आन्द्रामा प्रसस्त आउँ
४) कलेजो कालो, निलो, पहेंलो, फुस्रो रंगको भएको, पित्त थैली पित्त भरिएर सुन्निएको, कलेजो सुन्निएको वा सानो भएको, मृगौलामा थोप्ले रक्तश्राव भएको देखिएको
खसी बोकामा विरामी हुँदाका लक्षण, मरेका खसी बोकाको बाह्य शवको आकृति अनि शवको शल्य परीक्षण गर्दा देखिएका रोगजन्य संकेत अन्य क्षेत्रमा गरिएका प्रयौगिक अध्ययन अनुसंधानसंग मिल्दो जुल्दो देखिएको छ । जस अनुसार भन्न सकिन्छ नेपालमा पनि ढुशी प्रदुषित अन्न, घाँस, डालेघाँस हाम्रा बाख्रा प्रजातिको स्वास्थ्यका लागि चुनौतिको रुपमा देखिने सम्भावना छ ।
नेपाल खाद्य संस्थान परिसरका मरेका खसी बोका ती खसी बोका ल्याएको श्रोतको आधारमा थप रोग अन्वेषण गर्दा स्थलगत रुपमा बाँकेको बढि प्रभावित ढकेरी क्षेत्रमा निम्न तथ्य अभिलेख गरिएको छ ।
रोग देखिने महिना : भदौ, अशोज, कात्र्तिक
प्रभावित हुनेमा सबै खाले उमेर, लिङ्ग, र जाति पर्दछन्
बाख्राहरुलाई दिइने दानापानी/आहारा : जंगल, खोलाका फाँटमा चराउने, जंगलबाट ल्याएको घाँस, डालेघाँस खुवाउने, बेलाबेलामा सग्लो मकै खान दिने ।
बाख्रा पालन क्षेत्रको भौगोलिक अवस्थिति : राप्ती नदीको डुवान क्षेत्र, लामो खडेरि पछि अत्यधिक वर्षा हुँदा डुवानमा पर्न सक्ने क्षेत्र सो क्षेत्रको पूर्व पश्चिम सिमानामा झिझरी तथा खैरी खोलाका वगर क्षेत्रका झार बुट्यान प्रमुख चरण क्षेत्र हो ।
विरामी पर्दा त्यस क्षेत्रका बाख्राले देखाएका लक्षणः
0 टोलाएर बस्ने, छिनछिनमा कराउने
0 पेट ढाडिने
0 हिंड्दा संतुलन नभएको जस्तो गर्ने
0 कक्रक्क भई उभिने
0 पछाडिका खुट्टा टेक्दा संतुलन गुमाउने, हिंड्दा बाङ्गो बाङ्गो गरी हिड्ने
0 मुखबाट अत्यधिक पानी जस्तो ¥याल अनियन्त्रीत तथा स्वतः खसाल्ने
0 लादी वान्ता गर्ने
0 हिंडडुल गर्न नसक्ने
0 अन्तमा मृत्यु हुने
बथानमा मोटाघाटा खाइलाग्दा खसी बोका, बाख्रा बढी प्रभावित हुने ।
रोग निदान तथा उपचारका लागि स्थानीयस्तरमा गरिएका प्रयासहरुः
स्थानीय ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता, पशु स्वास्थ्य प्राविधिक, सेवा केन्द्र, उपकेन्द्र तथा जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सकबाट रोग फैंलिदाको स्थितिमा ती बाख्राको वथानमा प्राथमिकताका आधारमा रोगलाई पि. पि. आर., कुर्मी अनि जुकाको प्रकोपको रुपमा ठहर गरी सोही अनुसार उपचार अनि रोकथामको कार्यक्रम संचालन गरिएको देखिन्छ । सो अवधिमा त्यस क्षेत्रमा खसी बोका त कृषकले नेपाल खाद्य संस्थानमा बिक्रि गरी पठाए वा नजिकिदैं गरेको दशैंमा वलि चढाए । वथानमा बाँकी रहेका बाख्रा अनि पाठापाठीमा रोगको प्रकोप नियन्त्रण नहुँदा करिव ५००(६०० विरामीको मृत्यु हुँदा केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाबाट स्थलगत रोग अन्वेषण गर्दा माथि उल्लेखित तथ्य संकलन, त्यस क्षेत्रका प्रचलित घाँस, डालेघाँस, बाख्रा खोरको सोतर, अन्न, विरामी बाख्राको रगतका नमूना संकलन गरी परीक्षण साथै सोही क्षेत्रबाट नेपाल खाद्य संस्थानले खरिद गरी ल्याएका खसी बोका मध्ये मरेका खसी बोकाको शवको शल्य परीक्षण गर्दा संकलन गरिएका प्रभावित अंगको तन्तु तथा लादिको प्रयोगशालामा जिवाणुजनय परीषण गर्दा उक्त नमूनाहरुमा पेनिसिलियम प्रजातीको ढुशीको अन्याधिक प्रदुषण रहेको अभिलेख गरिएको छ, जुन अन्यत्रका वैज्ञानिकले प्रयोगशालामा प्रयोगात्मक अनुसन्धान गर्दा अभिलेख गरेको तथ्यसंग मेला खान्छ । यस स्तम्भकारले स्थलगत रुपमा रोग अन्वेषण गर्ने क्रममा कृषकले यो अवस्था पि. पि. आर. पनि हैन, कुर्मी पनि हैन, नाम्ले जुका पनि हैन यो त बाँगे रोग भनेको  अनि बाँकेको ढकेरी गाउँलाई प्रथम पटक केन्द्र विन्दु मानी प्रारम्भिक अन्वेषण गरिएकोले चलन चल्तीमा त्यस क्षेत्रमा यस रोगलाई ढकेरी बांगे भनिएको छ, सर सरलौले पाकिस्तानको डेग खोला वरिपरि भैंसी विरामी पर्दा डेगनाला भने झैं ।
उपचार तथा रोकथाम :
अन्यत्र त यसै गर्ने भन्ने तथ्य भेटिदैंन तर नेपालको सन्दर्भमा रोग प्रभावित क्षेत्रमा १%को एण्टी डेगनाला झोल १(२ एम. एल १ हप्ता खान दिइएका वथान तंग्रिएका छन् । समयमा उपचार पाए, ढिलो उपचार गरेमा स्नायुजन्य क्षति भए केही असर रहन सक्छ । यो उपचार पोर्चुगलका अनुसन्धानकर्ता पिन्टो तथा सहकर्मीले बाख्रा प्रजातिलाई ढुशीजन्य विषाक्तिले हुने रोगमा गर. झैं मिल्दो जुल्दो छ ।
रोकथाम गर्न के गर्न सकिन्छ
रोग प्रभावित हुन सक्ने मौसममा घाँस डालेघाँसको उपचार
0 अन्नमा टक्सी वाइन्डर मिसाउने
0 चरन क्षेत्रमा ढुशी प्रतिरोधक स्प्रे गर्ने भन्छन् अष्टूेलिया तिर
0  बाख्राको खोरमा जिंक अक्साइड झोल स्प्रे गर्ने
(रोगले संकेत गर्ने मौसममा बाख्राको वथानलाई उपचार गर्दा प्रयोग गरिने औषधि पहिले नै दिने ताकि घाँस, डालेघाँस खाइ पचाई ढुशीजन्य विषक्ति तयार भई बाख्राको स्वास्थ्यमा असर पार्न भन्दा पहिले बाख्रा चनाखो भई सक्छन् । खयाल गरौं यो समस्या बाँकेको ढकेरी गाँउमा मात्र छैन साथै एउटा बाख्रा खसीको मात्र हैन वथानको हो ।

-डा. केदार काकी

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २७, २०७०