शुक्रबार, बैशाख ७, २०८१

कृषि कार्यक्रमले रोजगारीका अवसर सिर्जना

धनगढी, २६ फागुन । सहकारी संस्था स्थापना हुनेक्रम बढेसँगै कैलालीमा रोजगारी र स्वरोजगारीका अवसर पनि सिर्जना हुन थालेका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलालीका अनुसार, जिल्लाको कुल जनसङ्ख्याको करिब १६ प्रतिशत अर्थात् एक लाख ४० हजार जनसङ्ख्या सहकारी संस्थामा अबद्ध भएकामा करिब एक हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्षरुपमा पनि सयाँै व्यक्तिले रोजगारी पाएका छन् । राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका केन्द्रीय सदस्य भोजबहादुर बमले बेरोजगारलाई रोजगारी उपलब्ध गराउन अधिकांश सहकारी संस्थाले कृषि उत्पादनमा लगानी बढाउन लागेको बताए । जिल्लाका सहकारी संस्थाका अधिकांश सदस्यले समूहगत रुपमा बचत परिचालनका साथै तरकारीखेती, गाईभैैँसी, बाख्रा, बङ्गुर, माछा, माहुरीपालन, अदुवा र केराखेतीलगायतका व्यवसाय गरिरहेका छन्.-कृ.सा.बाट

प्रकाशित मिति: सोमवार, फाल्गुन २६, २०७०