शुक्रबार, बैशाख १४, २०८१

आलु उत्पादनमा ह्रास

बर्दिवास, २६ फागुन । महोत्तरी जिल्लामा यसपालि आलु उत्पादनमा कमी आएको छ । विगत वर्षहरूमा आलुको उत्पादन बढ्दै आएको भए पनि यसपालि भने मौसम प्रतिकूलताले उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको हो । तीन वर्षअघि २०६७ सालमा तीन हजार ६७ हेक्टरमा लगाइएको आलुखेतीबाट ३८ हजार १३७ मेट्रिकटन उत्पादन भएको थियो । त्यसैगरी २०६८ सालमा तीन हजार ५५० र २०६९ सालमा त्यति नै क्षेत्रफलमा लगाइएकोे खेतीबाट क्रमशः ४१ हजार १८० र ४२ हजार ८० मेट्रिकटन आलु उत्पादन भएको कार्यालयका बाली संरक्षण अधिकृत सत्यनारायण साहले जानकारी दिए ।- कृ.सा.बाट

प्रकाशित मिति: सोमवार, फाल्गुन २६, २०७०