काठमाडौं, २२ फागुन । विगत बर्षमा गुणस्तरीय मकैको बीउ रोपेपनि घोगा नलागेपछि किसानहरु मर्काकामा परेपछि किसानहरु आन्दोलित भएका थिए । यस पटक मकै छर्न वा रोप्नका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्कले) २४ प्रकारका मकैको बीउ सिफारिस गरेको भए पनि हाल १२ प्रकारका मकैको बीउमात्रै प्रयोगमा आउने गरेको छ ।
नार्कका अनुसार हाल कृषकले प्रयोग गर्दै आएको मकैका जातमा पोसिलो मकै, रामपुर कम्पोजिट, अरूण २, गणेश १, गणेश २, मनकामना ३, मनकामना ४, मनकामना ५, मनकामना ६, देउती, करमपुर हाइब्रेट २ र गौरव जातका रहेका छन् ।
रामपुर हाइबे्रट २ र गौरव जातका मकै तराई जिल्लाका लागि राम्रो मानिन्छ भने रामपुर कम्पोजिट तराईको भित्री मधेस र पहाडको १२०० मिटर उचाइसम्म लगाउन सकिन्छ ।
त्यसैगरी, सबैभन्दा बढी प्रयोग गरिने र ८० देखि ९० दिनसम्ममा नै आम्दानी लिन सकिने अरूण दुई मध्यपहाडका लागि अति उपयोगी मानिन्छ र गणेश १ र गणेश २ उच्च पहाडका लागि उत्तम मानिन्छ ।
तीमध्ये पोसिलो मकै गर्भवती महिला तथा कुखुरा र बङ्गुरलाई खुवाउनका लागि दानाका रूपमा बढी प्रयोग हँुदै आएका छन् ।
सिफारिस भए पनि आजभोलि प्रगोगमा नआएका बीउमा ककनी पहेंँलो, सर्लाही सेतो, हेटाँैडा कम्पोजिट, मकालु २, जानकीलगायतका बीउ रहेका छन् ।
Add Comment