शनिबार, अशोज १३, २०८०

हिमाली आयोजनाद्वारा सवा दुई करोडभन्दा बढीको लगानी

जुम्ला, २२ फागुन । हिमाली आयोजनाले आर्थिक वर्ष २०७०÷७१ का लागि जुम्लामा कृषि क्षेत्रलाई टेवा पुग्नेगरी रु दुई करोड १५ लाख बराबरको लगानी गरेको छ ।

उक्त आयोजनाले विभिन्न कृषक समूहलाई गाईपालन, बाख्रापालन, भेडापालन, जडीबुटी नर्सरी, जटामसी प्रशोधन तथा बजारीकरणका लागि लगानी गरेको हिमाली आयोजना जुम्लाका प्रतिनिधि रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
यसमा गरिएको लगानीअनुसार हिमाली आयोजनासँग सम्झौता गर्ने विभिन्न उद्यमीले २० प्रतिशत जनश्रमदान र ८० प्रतिशत अनुदान कायम हुने उल्लेख गरिएको छ । यस वर्ष जुम्लाका लागि रु दुई करोड २६ लाख ७४ हजार १२९ लगानी गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २२, २०७०