चितवन, २१ फागुन । विगत बर्षहरुमा राम्रो आलु उत्पादन भएको चितवन जिल्लामा यस वर्ष आलुको उत्पादनमा घटेको छ । चितवनमा यस वर्ष शीतलहरका कारण करिब सात प्रतिशतले आलु उत्पादनमा कमी भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
गत बर्षको तुलनामा यस वर्ष आलु लगाएको क्षेत्र बढेको भए पनि उत्पादन भने घटेको पनि कृषि कार्यालयले जनाएको छ ।
कृषि कार्यालयका अनुसार चितवनमा अघिल्लो वर्ष एक हजार ९१० हेक्टर क्षेत्रमा आलु लगाइएको थियो । भने यस वर्ष पाँच हेक्टर क्षेत्र बढाएर एक हजार ९१५ हेक्टर क्षेत्रमा आलु लगाइएको थियो । आलु उत्पादन क्षेत्र बढाए पनि उत्पादनमा भने कमी आएको छ । अघिल्लो वर्ष ३५ हजार ७१७ मेट्रिक टन आलु उत्पादन भएकोमा यो वर्ष अहिलेसम्म ३२ हजार मेट्रिक टन मात्रै आलु उत्पादन भएको छ । यो वर्ष ३४ हजार मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको बताउनुभयो ।
Add Comment