आइतवार, फाल्गुन २०, २०८०

धानको बीउ बिक्रीमा रोक

काठमाडौं, २१ फागुन । किसानहरुलाई संस्था मार्फत जनकपुरमा सोना मन्सुली धानको बीउ विक्री निजी क्षेत्रले गर्दै आएको बताएता पनि जनकपुरमा रहेको बीउ विजन कम्पनीका जनकपुर शाखा प्रमुखले सरकारले आफूहरु मार्फत सो धानको बीउ उत्पादन विक्रीमा रोक लगाएको बताउनु भएका छन् ।
जनकपुरमा सोना मञ्सुली धानको विक्रीमा रोक लगाएपछि किसानहरु अन्योलमा परेको बताइएको छ । जनकपुरमा धानको बीउमा रोक लगाएको विषयमा राष्ट्रिय बीउबिजन कम्पनीका निमित्त प्रवन्धक ननु झा आफूहरुले सोना मन्सुली धानको बीउ विक्री नगरेकाले आफूहरुले रोक लगाउन नपर्ने बताउनु हुन्छ । यस बर्ष भक्तपुर र काभ्रेमा धानका देखिएको समस्याका कारण किसानहरु धानको बीउमा नै शंका गर्न थालेका छन् ।

जनकपुरका प्रमुखले सोना मञ्सुली बीउ विक्रीमा रोक लगाएको बताईरहँदा केन्द्रका प्रमुख ननु झा भने निजी क्षेत्रले बेचे पनि आफूहरुले नबेचेको र धानको बीउ संकलनमा नै रहेकाले धानको वीउ विक्रीमा रोक लगाउने विषयमा त्यस्तो कुनै निर्णय नभएको बताउनु हुन्छ । – स्वस्ती पौडेल

प्रकाशित मिति: बुधबार, फाल्गुन २१, २०७०