शुक्रबार, चैत्र १६, २०८०

सिँचाई नहुँदा कृषि उपजको लागत बढ्यो

कञ्चनपुर, १९ फागुन । सिँचाई अभाव भएपछि किसानहरुले उत्पादन गर्ने कृषि उपजको लागत मूल्य झ्न झन् बढ्दै गईरहेपछि चुरेफेदि सुन्दरी फाँटमा कृषि उत्पादनमा सक्रिय किसानहरु मर्कामा परेका छन् । सिँचाई सुविधाबाट बञ्चित भएपछि किसानको लागत बढेको हो ।

चार दशकअघि सुन्दरी फाँटमा १० किलोमिटर टाढाको ओदाली खोलाबाट खनेर ल्याइएको कुलो मर्मत हुन नसक्दा किसानहरुले सिँचाइ सुविधाबाट वञ्चित रहनु परेको हो । कुलो मर्मतका लागि आर्थिक अभाव भएकाले कुलो सञ्चालनमा ल्याउन नसकिएको स्थानीय बताउँछन् ।
कुलो खनिएको ठाउँ भएर पूरै नदी जग्गा कटान गर्दै बग्न थालेपछि जग्गा बचाउनका लागि बाँध बाँधेर कुलो बन्द गरर्ने गरिएको छ । कुलो पक्की गर्न नसक्दा कुलो गहिरिएर पूरै नदी कुलोमै बग्न थालेको र सिँचाइभन्दा बालुवा र माटो ल्याएर खेत पुर्ने तथा कटान गरी जग्गा बगाउन थालेकाले कुलो नै बन्द गर्न बाध्य हुनुपरेको स्थानीय रामकुमार चौधरीले बताउनुभयो ।
“कुलो पक्की बनाउनका लागि विभिन्न सरोकारवाला संस्था र सरकारी निकायमा पुग्दासमेत सहयोग पाउन सकेका छैनौँ”–उहाँले भन्नुभयो । सिँचाइ कुलो बन्द भएपछि यहाँ बसोबास गर्दै आएका १५० परिवार मर्कामा परेका छन् भने कुलोको अभावमा पम्पसेट जडान गरी खेतमा सिँचाइको व्यवस्था गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १९, २०७०