मङ्लबार, बैशाख ११, २०८१

भिरमाहुरीको मह खाँदा ज्यान गयो

सोलुखुम्बु, १८ फागुन । सोलुखुम्बु पञ्चनका धुव्रप्रसाद निरौलाको भिर माहुरीको मह खाएर मृत्यु भएको छ ।

सिद्धेश्वर उच्च मावि बाम्तीभण्डार रामेछापका शिक्षक निरौलाको मह खाएर बेहोस भएपछि उपचारका क्रममा हिजो काठमाडौँमा मृत्यु भएको हो ।

गए राति साथीसँग बसेर मह खाएका निरौलालाई बिहानसम्म पनि होस नखुलेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडाँै लगिएको थियो । उहाँसँगै मह खाएका बलदेव पन्थी, प्रकाशमणि ढकाल र विष्ट थरका अर्का शिक्षक सामान्य अवस्थामा छन् ।

मह खाएलगत्तै बान्ता गरेका तीन शिक्षकको अवस्था सामान्य रहेको विद्यालयलाई उद्धृत गर्दै बुद्ध माविका शिक्षक उदक बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १८, २०७०