बुधबार, बैशाख १२, २०८१

रुकुममा पहिलो कपी उद्योग सञ्चालन

रुकुम, १७ फागुन । नेपालो कफीलाई अर्गानिक कफीका रुपमा कफी व्यवसायीहरुले विश्वभर परिचित गराउने प्रयास गरेपछि नेपाली कफीको माग विश्वबजारमा बढ्दै गईरहेको छ । तर नेपालका कफीखेती कसैले रहरले गरेका छन् त कसैले कफीलाई व्यवसायका रुपमा नै सम्हालिरहेका छन् । यही परिवेशमा रुकुम जिल्लामै पहिलोपटक कफी उद्योग स्थापना भएकबोroast_coffee छ । रुकुमको सदरमुकाम खलङ्गा–६ को सोलावाङमा कपी उद्योग सञ्चालनमा आएको हो । स्थानीय लीलबहादुर राणा र मनोजकुमार पुनको लगानीमा हिमालय कपी उद्योगको नामबाट जिल्लामै पहिलोपटक कपी उत्पादन सुरु गरिएको बताइएको छ ।
नेपाल कफी व्यवसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरेका अनुसार पछिल्लो समयमा कफी उत्पादनमा किसानहरु अग्रसर हुनुलाई कफी क्षेत्रको विकासको संकेत भएको भन्दै रुकुममा पनि कफी उत्पादन शुरु हुनुले नेपाली कफी क्षेत्रमा एउटा इँटा थप्ने काम भएको बताउनु हुन्छ । साथै पहाडि क्षेत्रमा खुलेका यस्ता उद्योगको सफलताको समेत कामना गर्नु हुन्छ । हुन पनि पछिल्लो समयमा कफीको उत्पादनमा युवा पुस्ताहरु बढी अग्रसर भएको देखिन्छ ।

प्रकाशित मिति: शनिबार, फाल्गुन १७, २०७०