सोमवार, अशोज १५, २०८०

यस वर्ष गहुँ उत्पान बढ्ने

weat fildबर्दिवास, १७ फागुन । महोत्तरी जिल्लामा यसपालि गहुँको उत्पादन बढ्ने भएको छ । गत वर्षभन्दा गहुँ खेतीको क्षेत्रफल बढेको र मौसम पनि अनुकूल भएकाले यसपालि उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा २६ हजार ८१५ हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेतीबाट ५६ हजार ३११ मेट्रिकटन उत्पादन भएको थियो । यसपालि गहुँ खेतीको क्षेत्रफल २७ हजार हेक्टर नाघेको र अहिलेसम्म बालीको अवस्था राम्रो देखिएकाले उत्पादन ६५ हजार मेट्रिकटन नाघ्ने अनुमान गरिएको कार्यालयका कृषि प्रसार अधिकृत जनक मुखियाले जानकारी दिनुभयो । यसपालि अल्प वर्षाले जिल्लामा धानखेती राम्रो नभए पनि गहुँबालीका लागि भने पर्याप्त चिस्यान भएकाले उत्पादनमा राम्रो परिणाम आउने कृषि विज्ञहरुको ठम्याइ छ । पछिल्लो पटक माघ र फागुन सङ्क्रान्तिताका परेको पानीले गहुँको दाना पोटिलो बनाउन मद्दत गरेको कृषि प्रसार अधिकृत मुखियाले बताउनुभयो । जिल्लाकै मुख्यबालीको रुपमा रहेको धानको उत्पादन राम्रो नहुँदा पिरोलिएका किसान गहुँ राम्रो हुने आसमा ढुक्क देखिएका छन् । अब असिना र हुरी बतासबाहेक गहुँको राम्रो उत्पादनका लागि अन्य प्रतिकूलता नरहेको विज्ञहरुको ठम्याइ छ ।

प्रकाशित मिति: शनिबार, फाल्गुन १७, २०७०