काठमाडौं,१६ फागुन । कृषि क्षेत्रका गतिविधिहरुलाई प्राथमिकता नपाईरहेका बेला दुई बर्ष अगाडि मात्र विट पत्रकारितालाई महत्व दिँदै स्थापना भएको कृषि पत्रकार समाजका पदाधिकारीहरुले नवनियुक्त कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीलाई भेटी बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।
कृषि पत्रकार समाजका अध्यक्ष वैकुण्ठ भण्डारीको नेतृत्वमा गएको टोलीले कृषि विकास मन्त्रीलाई बधाईसँगसँगै कृषि विकासमा भएका अवरोधहरु पन्छाउँदै नेपाललाई वास्तवमा नै कृषि प्रधान देश बनाउन अग्रसर हुन मन्त्रीलाई शुभकामना दिइएको छ ।
कृषि पत्रकार समाजका पदाधिकारीहरुसँगको भेटमा मन्त्री पराजुलीले कृषिको प्रचार प्रसार गर्नका लागि नै २०३२ तिर युवाहरुले चारपाते युवा क्वल गठन गरेर कृषिको गतिविधिहरु जनतामा पु¥याउने प्रयास गरेको र त्यसबेला चारपाते युवा क्लव बन्द गराएको स्मरण गर्दै कृषि पत्रकार समाजले नेपालको पहिलो कृषि साप्ताहिक र कृषि अनलाईन सञ्चालन गरेर कृषकहरुको गतिविधिलाई आम नागरिक समक्ष पु¥याउन गरेको कार्यको प्रशंसा समेत गर्नु भएको थियो ।
मन्त्री पराजुलीले आफू किसान नै भएकोले कृषि क्षेत्रको विकासका लागि जस्तो सुकै चुनौतिको पनि सामना गर्ने बताउनु भयो । भेटमा कृषि पत्रकार समाजका कोषाध्यक्ष योगेन्द्रप्रताप शाहीले कृषि विकासका लागि कृषि मन्त्रालयले गर्ने हरेक कार्यमा आफूहरुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
Add Comment