बुधबार, बैशाख १२, २०८१

मलखाद व्यवस्था गर्न कृषि मन्त्रीको निर्देशन

hariprasad parajuli                 कृषि विकासमन्त्री हरिप्रसाद पराजुली

 काठमाडौं १३, फावुन । कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले हिजो राती करीव ९ बजे आफ्नो पदभार ग्रहण गर्दै आफ्नो स्वागतमा बसेका कर्मचारीहरुलाई किसानलाई राहत दिने किसिमले मन्त्रालयका कामकार्वाही अगाडि बढाउने निर्देशन दिनु भएको छ ।  पदभार ग्रहणपछि मन्त्रालयका उच्चपदस्थ कर्मचारीसँग करीव  एक घण्टा भन्दा बढी समय विताउनु भएका मन्त्री पराजुलीले जनतालाई राहत दिने ढङ्गले काम अगाडि बढाउन समेत निर्देशन दिनुभयो । उहाँले मलखाद, औषधिलगायत विषयलाई तत्काल जनताले अनुभव गर्ने गरी राहतको व्यवस्था गर्न पनि  निर्देशन दिनुभयो ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १४, २०७०