बुधबार, बैशाख १२, २०८१

कृषि यान्त्रीकरण प्रर्दशनी र मत्स्य महोत्सव एकै दिन शुरु

main news ND-Chitwan-Krishi-Sachhib-Udghatanकाठमाडौ, १० फागुन । नेपाली कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढाई कृषि उत्पादनको लागत मूल्य घटाउन कृषकहरुलाई कृषि यन्त्रको बारेमा जानकारी दिने उदेश्यले कृषि विकास मन्त्रालय कृषि इन्जिनियरिङ्ग निर्देशनालयको आयोजनामा चितवनको नारायणगढमा प्रथम राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनीको शुक्रबार कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले प्रमुख अतिथिका रुपमा उद्घाटन गरे । अर्कोतिर काठमाडौंको राष्ट्रिय सभागृहमा मन्त्रालयकै अर्को निर्देशनालय मत्स्य विकास निर्देशनालयले पनि मत्स्य व्यवसाय प्रर्वद्धन गर्न भन्दै प्रमुख अतिथिका रुपमा पूर्वगृहमन्त्री एवं सभासद् बामदेव गौतमलाई शुक्रबारै निम्तो दिएर सोही दिन मत्स्य महोत्सवको उद्घाटन गरियो । एकै मन्त्रालयका दुई निर्देशनालयको कार्यक्रम कृषि क्षेत्रलाई नै विकास गर्ने सोच भएको भएपनि दुई निर्देशनालयको प्रतिष्पर्धात्मक कार्यक्रम जस्तै गरी दुवै पहिलो पटक प्रर्दशनी र महोत्सव शुरुवात भएको कृषि विज्ञहरुले नै आरोप लगाउन थालेका छन् । कृषि विकास मन्त्रालय मार्फत कृषि क्षेत्रको विकासका लागि जति नै चर्का कुरा गर्ने गरिएको भएपनि कार्यालयभित्रको आन्तरिक प्रतिष्पर्धा र उच्च तहका कर्मचारीहरुको हठका कारण मन्त्रालयमा जति सुके राम्रो नेतृत्व पुगेपनि कृषिको विकासले गति लिन नसकेको कृषि विज्ञहरुको तर्क छ ।
लामो समय अगाडिदेखि मिति तयगरी कृषि यान्त्रीकरण प्रर्दशनीको तयारी गरिरहेकै अवस्थामा मत्स्य महोत्सव पनि सोही दिन पारेर शुरु गर्नुलाई शंकाको दृष्टिकोणबाट हेरिएको मात्र होइन कार्यक्रम निर्देशकहरुमाथि प्रश्न समेत उठ्न थालेको छ । यान्त्रीकरण प्रर्दशनीको अन्तिम तयारी  भईसकेको अवस्थामा मत्स्य महोत्सवको घोषणा मत्स्य विकास निर्देशनालयले गरेपछि मन्त्रालयले समय सच्चाउन आग्रह गरेको भएपनि मत्स्य निर्देशनालयका कार्यक्रम निर्देशकले अटेर गरी कार्यक्रम जुधाएको मन्त्रालय स्रोतले बताएको छ । -कृषि

प्रकाशित मिति: शनिबार, फाल्गुन १०, २०७०