शुक्रबार, चैत्र १६, २०८०

कृषि बीमा गर्दैनन् कम्पनीहरु

काठमाडौं, २७ माघ । कृषि विकास मन्त्रालयले २०६९ साल माघ १ गतेदेखि शुरु गरेको बाली तथा पशुपन्छी बीमा कार्यक्रमको एक बर्ष बितिसक्दा पनि खासै प्रभाव पर्न सकेको छैन । कृषि विकास मन्त्रालयलेले किसानको हितका लागि शुरु गरेको कृषि बीमा लागू गराउने कार्यमा बीमा समितिले नै चासो नदिएको किसानहरुको गुनासो रहेको छ ।
किसानहरु बीमा कम्पनीहरुमा बाली तथा पशुपन्छी बीमा गराउन जाँदा किसानहरुलाई बीमा सम्वन्धि जानकारी नगराउने गरेको खुल्न आएको छ । बीमा समितिले पनि बीमा कम्पनीहरुलाई कृषि बीमा गराउने तर्फ बढी सर्तbima_logoक नभएको र किसानसम्म पुग्न कालागि कृषि बीमा सम्वनिध बीमा समितिले नै जानकारी नगराएको देखिनछ । एक बर्ष बितिसक्दा पनि आम किसानले कृषि बीमाका बारेमा जानकारी नपाउनु कृषि विकास मन्त्तालयले शुरुवात गरेको कृषि बीमालाई असफल बनाउने खोजिएको आरोप समेत लागेको छ ।
कृषि बीमा गर्न तर्फ केही बीमा कम्पनी बाहेक अरुले चासो नदिएको किसानहरुलाई त्यत्तिकै फर्कउने गरेको गुनासो आउन थालेको छ ।

प्रकाशित मिति: सोमवार, माघ २७, २०७०