शुक्रबार, चैत्र १६, २०८०

दूधको मूल्य नबढे आन्दोलन

काठमाडौं,२६माघ । विगत तीन बर्षदेखि दूधको मूल्य नबढेकाले दूधको मूल्य बढाउन केन्द्रिय दुग्ध सहकारी संघले माग गरेको छ ।
पछिल्लो समयमा दुधको मूल्य नबढ्दा किसानहरुको लागत मुल्य समेत प्राप्त गर्न नसकेको भन्दै संघले दूधको मूल्य नबढाईए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बजारमा विक्री वितरण भएका हुने गरेका दूध तथा दुग्ध जन्य पदार्थको मूल्य बृद्धि भएको भएपनि किसानले सो अनुरुपको रकम प्राप्त नगरेका कारण किसानले पाउनु पर्ने दूधको मूल्यमा समेत बृद्धि हुनुपर्ने माग राखेको संघका अध्यक्ष माघव कोइरालाले कृषि अनलाईनसँग बताउनु भयो ।
कोइरालाका अनुसार दूधको मुल्यबृद्धिको माग गर्दै भोलीबाट संघर्षका कार्यत्रम सहित आन्दोलनको घोषण गर्ने भएको छ ।

प्रकाशित मिति: आइतवार, माघ २६, २०७०