आइतवार, फाल्गुन २०, २०८०

अन्तवार्ता : उत्पादित बस्तुहरुको राम्रोसँग व्यवस्थापन गर्न सकिरहेका छैनौं : तेजबहादुर सुवेदी,कार्यक्रम निर्देशक पोष्ट हार्भेष्ट व्यवस्थापन निर्देशनालय

subedi-3पोष्ट हार्भेष्ट निर्देशनालयले के गरिरहेको छ  ?
पोष्ट हार्भेष्ट निर्देशनालयले बाली तथा बस्तुहरुको उत्पादन भईसकेपछि उपभोक्ताहरुसम्म नपुग्ने बेलासम्म हुने क्षतिलाई न्यूनिकरण गरेर गुणस्तरीय बस्तु उत्पादन गर्ने, उपभोक्ताहरुलाई गुणस्तर बस्तु पु¥याउने क्रियाकलापहरुमा किसानहरुलाई सजग गराउने, प्राविधिकहरुको जनशक्ति विकास गर्नका लागि सहयोग पु¥याउने र त्यो क्रममा आवश्यक पर्ने पूर्वाधारको विकास गर्नुका साथै त्यसका लागि आवश्यक मेशिन औजार खरिदमा अनुदान उपलब्ध गराई किसानहरुलाई सहयोग गर्ने मुख्य काम गर्दै आईरहेको छ ।
मुलुकभर नै यो सेवा किसानले पाएका छन् कि केही पकेट क्षेत्रलाई लक्षित गरिएको छ त  ?
पोष्ट हार्भेष्ट निर्देशनालय कृषि विभाग मातहत रहेको विभिन्न निर्देशनालय मध्ये कै एउटा केन्द्रिय निकाय हो । निर्देशनालयले जिल्ला कृषि विकास कार्यालयहरुका मार्फत नै किसान र सेवाग्राहीहरु समक्ष हामी पुगिरहेका छौं । यसका लागि केन्द्रिय स्तरमा प्रविधि पहिचान गरी त्यसको विकास र प्रमाणित गर्ने काम निर्देशनालयले गरिरहेको छ । ती प्रमाणित गरिएका प्रविधिहरुलाई किसानसम्म पु¥याउनका लागि नेपालभरका जिल्ला कृषि कार्यालयहरुसँग नै समन्वय गरी काम गरिरहेका छौं । एउटै पकेट क्षेत्र भन्ने हुँदैन ।
निर्देशनालयले पहिचान गरेका प्रविधिहरु जिल्ला कृषि विकास कार्यालयहरु मार्फत सजिलै किसानका पुग्छन् त  ?
पोष्ट हार्भेष्टका लागि छुट्टै युनिट कल्पना गर्ने हो भने राज्यले ठूलो मात्रामा खर्च व्यहोर्नु पर्ने हुन्छ । त्यसकारण पनि हामीले पु¥याउँदै आईरहेका सेवाहरु सवै कृषि विकास कार्यालयहरु मार्फत नै हुँदै आईरहेको छ । सवै निर्देशनालय र राष्ट्रिय कार्यक्रमहरु पनि किसानसम्म पुग्ने माध्यम  भनेको नै जिल्ला कृषि विकास कार्यालय हो । किसानसम्म हरेक सेवा पु¥याउने सम्पर्क विन्दु नै जिल्ला कृषि कार्यालय भएकोले हामीले पहिचान गरेका प्रविधि किसानसम्म सहज रुपमा नै पुग्दछ ।
मुलुकमा खाद्य असुरक्षाको कुरा आईरहेको अवस्थामा यो निर्देशनालयको भूमिका के हुन सक्छ त  ?
सहि कुरा उठान गर्नु भयो । विगत दुई दशकको अवस्थालाई हामीले हेर्ने हो भने आत्मनिर्भरताबाट परनिर्भरतातिर पुगेको महशुश हुन थालेको छ । यसमा दुईवटा कुराले असर पारेको छ एउटा उत्पादनमा कमी हुँदै आएको छ भने अर्को उत्पादित बस्तुहरुको राम्रोसँग व्यवस्थापन गर्न सकिरहेका छैनौं । जसले गर्दा उत्पादित खाद्यान्नहरु धेरै नै क्षति भएर जाने गरेको छ ।े खाद्यान्नबालीमा १५ देखि २० प्रतिशत नोक्सानी भएको तथ्याङ्कले देखाउँछ । तरकारी र फलफूलमा हेर्ने हो भने २५ देखि ३० प्रतिशतसम्म क्षति भएको अनुमान छ । यी क्षतिहरु बाली काट्नेदेखि भण्डारण गर्ने, प्रशोधन गर्ने, ढुसी पर्ने लगायतका क्षतिलाई न्यूनिकरण गर्न नसक्दा पनि खाद्य सुरक्षामा हामी केही तल परेका छौं । यस्तो अवस्थामा पोष्ट हार्भेष्ट निर्देशनालयले उत्पादन पश्चात हुने क्षतिलाई न्यूनिकरण गर्न सक्यौं भने उत्पादन गर्न नसकेपछि खेर जाने बस्तुलाई जोगाउन सक्छौं । यसले समग्र राष्ट्रको पोषण सुरक्षा र खाद्य सुरक्षामा सहयोग पु¥याउन सक्छ ।
खाद्य सुरक्षाका लागि उत्पादन गर्ने वा भण्डारण गर्ने काम त होला तर स्वच्छ र गुणस्तरको पनि त कुरा आउँछ नि आउँदैन  ?
निर्यातजन्य  निर्यातमुखीबालीको हकमा हेर्ने हो भनेदेखि अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि पहिचान नभएसम्म बजार पाउने सम्भावना हामीले देख्दैनौं । त्यसकारण अन्तर्राष्ट्रिय बजारमा ठाउँ पाउनका लागि पनि खाद्य स्वच्छताका कुरालाई वा हाम्रो बस्तुको पहिचान हामीले दिन सकेनौं भने त्यो बजार सुनिश्चित छैन । जस्तो अदुवा, अलैचीको बजार हेर्ने हो भने कानुनी रुपमा भन्दा पनि गैरकानुनी रुपमा खुल्ला सीमानाका कारण बाहिरिएका अवस्था छ । जुन दिनसम्म हाम्रा कृषि सामग्रीलाई निर्यात गरेर विदेशीले लैजान्छन् त्यस दिनसम्म मात्र हो जुन दिन कानुनीकुरा आउँछ त्यसबेला हाम्रा कृषि उत्पादन बाहिर नजान पनि सक्छ । त्यसकारण हाम्रा बस्तुको पहिचान दिनका लागि पनि खाद्य स्वच्छतामा ध्यान दिनै पदैछ ।
कस्तो स्वच्छतामा ध्यान दिने   ?
निर्यात गर्न लागिएको बस्तु तथा बालीहरुमा असल कृषिको अभ्यास हामीले गरिरहेका छौं । कृषि अभ्यास हामीले राम्रो गरिरहेका छौं भन्नका लागि पनि पोष्ट हार्भेष्ट निर्देशनालयले उत्पादन पश्चात ढुवानीका क्रममा,बजारीकरणमा क्रममा पनि असल कृषिको अभ्यासहरु अपनाएका छौं भन्ने कुराको प्रमाणित गर्नका लागि पनि पोष्ट हार्भेष्ट व्यवस्थापन नितान्त आवश्यक छ । अझ निर्यात योग्य कृषि बालीहरुको उत्पादन गर्ने स्थानमा मात्र नभएर प्रशोधन गर्ने स्थानमा समेत प्रमाणिकरण गर्नु पर्ने अवस्था आउन सक्छ । त्यो प्रमाणिकरण गर्ने काम हामीले गर्ने गर्दछौ । ग्रेडिङ्ग र प्याकेजिङ्गका अवस्थामा समेत कुन स्थानका उत्पादन भएका हुन् कुन कृषकले उत्पादन गरेको हो, यसलाई कस्तो ठाउँमा भण्डारण गरिएको छ, ढुवानीका समयमा क्षति न्यूनिकरण गर्न कस्ता उपचार गरिएका छन् । ती उपचार मानव स्वास्थ्य र प्रकृतिका लागि हानिकारक छैनन् भन्ने प्रमाणिकरण हुने असल कृषि अभ्यासहरु अपनाएर अगाडि बढिरहेका छौं । यसरी आफ्नो पहिचान सहित प्रमाणिकरण गरेर कृषि उत्पादन गर्न सक्ने हो भने हामी विश्व बजारमा प्रशस्त ठाउँ पाउने सम्भावना रहेको छ ।
यसका लागि चुनौति वा समस्या के छन् त    ?
हामीले खाद्यबालीमा हे¥यौं भनेदेखि भण्डारणका अवस्थामा मुसाबाट हुने क्षति किराहरुबाट हुने क्षति ठूलो मात्रामा रहेको छ । यस्तै तरकारी र फलफूलमा हे¥यौ भने उत्पादनमा भन्दा पनि ढुवानीका अवस्थान धेरै नै क्षति हुने गरेको छ । यसका लागि हामी किसानहरुलाई सचेत गराउँदै आएका छौं । उत्पादन लगतै किसानहरुले बजार मूल्य नपाउन सक्छन् । त्यसकारण दुई तीन महिनामात्र भण्डारण हुने अवस्था सृजना गरिदिने हो भने किसानले राम्रो मूल्य पाउने सम्भावना पनि हुन्छ । किसानले राम्रो मूल्य पाउन् भन्नका लागि नै हामीले किसानलाई अनुदान सहयोग र प्राविधिक सहयोग पु¥याउँदै आईरहेका छौं । अलैची नै धु्ँवा रहित भयो भने त्यसले अन्तर्राष्ट्रिय बजारमा धेरै नै मूल्य पाउँछ । तर हाम्रा परम्परागत अलैचीका भट्टीहरु सँधै धुवा हुने गरेका कारण पनि शुन्य शक्ति भण्डारणको काममा पनि हामी लागिरहेका छौं । थोरै समय तरकारी घरमा नै भण्डारण गर्नुपर्ने अवस्था आयो भने हामी त्यसका लागि पनि प्रतिवद्ध छौं । यसका लागि तिमीले चिन्ता गरर्नु नै पर्दछ ।
त्यसो भए निर्यात योग्य कृषि बस्तुको प्रमाणित गर्ने र उत्पादीत सामग्री विग्रन नदिने काम भयो पोष्ट हार्भेष्ट को   ?
पहिचान र गुणस्तर बिना अन्तर्राष्ट्रिय बजार पाउन अत्यन्तै गाह्रो हुन्छ । त्यसलै हामीले किसानहरुलाई सहयोग गर्ने, गुणस्तर सुधार्ने तालिमहरु पनि हामीले दिई नै रहेका छौं । गुणस्तरयुक्त र नेपाली पहिचान गराउने काम हामी सिकाउने गर्दछौं । यसरी गुणस्तर सहित सहि र उत्कृष्ट सेवा प्रदान गर्ने सिकाउने काम हामीले गर्दै आईरहेका छौं ।
आम किसानहरुलाई के भन्न चाहनुहन्छ   ?
किसानहरुले जानेर वा नजानेर गर्ने गरिएका त्रुटिका कारण बालीमा क्षति  भइको हामीले पाएका छौं । उत्पादित चीजलाई बजारमा लैजादा उचित तरीकाले प्याकजिङ्ग वा ढुवानी सामग्री प्रयोग गर्न नसक्दाखेरी पनि धेरै नै क्षति भएको छ । यी काम गर्दा जिल्ला स्थित जिल्ला कृषि विकास कार्यालय र पोष्ट हार्भेष्ट निर्देशनालयमा सम्पर्क गरेर आफ्नो सामग्री उत्पादन पश्चात हुने क्षति न्यूनिकरण गर्नका लागि हामी आफूले पनि पहल गरौं र कृषि विकास कार्यालय एवं पोष्ट हार्भेष्ट निर्देशनालयबाट पाउने सुविधालाई लिएर अन्तर्राष्ट्रिय वा नेपालभित्रकै बजारमा आफ्नो गुणस्तरीय उत्पादनलाई पु¥याएर बढी भन्दा बढी प्रतिफल प्राप्त गर्न कोशिसका लागि किसान दाजुभाईलाई अनुरोध पनि गर्दछु ।

प्रकाशित मिति: आइतवार, माघ २६, २०७०