काठमाडौं, २२ माघ । बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले रोग किराबाट बचाउनका लागि बालीमा बिषादी प्रयोग गरिएपनि हरियो लेबलको मात्र बिषादी प्रयोग गर्न किसानहरुलाई आग्रह गर्नु भएको छ ।
कृषि अनलाईनसँग कुरा गर्दै कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बिषादी छरिसकेपछि एकसातादेखि एकमहिनासम्म तरकारी तथा फलफूल टिप्न नहुने कुरा कािसनहरुलाई बुझाउन सक्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल सरकारले १५ वटा रसायनिक बिषादीहरुलाई आयात गर्न प्रतिवन्ध लगाईसकेको भन्दै प्रतिवन्धित रसायनिक बिषदी प्रयोग नर्गन र कसैले लुकीछिपी प्रयोग गरेको जानकारी पाएमा तुरुन्त खवर गर्न समेत आग्रह गर्नु भएको छ ।
रसायनिक बिषदीको अत्यधिक प्रयोगका कारण विशेष गरी गर्भवती महिला र बालबालिकालाई असर पार्ने भएकाले १ किलोमिटरको पेरिफेरिमा रसायनिक बिषादी बढी प्रयोग अन्यधिक गर्न नहुने र त्यसबाट बच्नु पर्ने भएकाले किसान उपभोक्त सजग रहनु पर्ने बताउनु भयो ।
निर्देशक शर्माले धेरै बिषादी प्रयोग भएका तरकारी र फफूल कालीमाटी तरकारी बजारमा भित्रिएको गुनासो आएको भएपनि बाहिर हल्ला भए जस्तो बिषादी प्रयोग नभएको पनि स्पष्ट पाुर्न भयो ।
Add Comment