सोमवार, अशोज ८, २०८०

दाना मिलमा आगलागी, रु एक करोड बढीको क्षति

तुलसीपुर (दाङ), २० माघ । गएराति तुलसीपुर नगरपालिका वडा नं ८ दुधेनामा रहेको दाङ पोल्ट्री फिड इन्डस्ट्रिजको दाना मिलमा आगलागी हँुदा मिलमा भएका सबै सामग्री जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तुलबहादुर कार्कीका अनुसार राति करिब ९ः३० बजे विद्युत् सर्ट भएको थियो । आगलागीबाट मिलमा भएका प्राविधिक सामग्री, तयारी सामग्री, कच्चा सामग्री, मिलका मेसिन, दाना, औषधि तथा भौतिक संरचना नष्ट भएको छ । आगलागीपछि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तुलसीपुर र घोराही नगरपालिकाका दमकलको सहयोगले केही घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो । आगलागीको क्षतिको एकिन विवरण प्रहरीमा आउन नसके पनि उक्त मिलका सञ्चालक धनेश्वर वलीले रु एक करोड ३० लाख मूल्य बराबरको क्षति भएको बताउनुभयो ।

प्रकाशित मिति: सोमवार, माघ २०, २०७०