मङ्लबार, बैशाख ११, २०८१

यान्त्रिकरण प्रदर्शनीको अन्तिम तयारी

काठमाडौं, १६ माघ । सरकारले कृषि यान्त्रिकरण मार्फत कृषि उत्पादनको लागत घटाउन सकिने भएकाले प्रविधि विस्तारमा जोड दिनु पर्ने बताइरहेका बेला नेपालमा पहिलो पटक हुन लागिरहेको कृषि यान्त्रिकरण  प्रर्दशनी–२०७० अन्तिम चरणमा पुगेको छ ।
फागुन ९ देखि १२ गतेसम्म चितवनको नारायणघाटमा हुन गईरहेको सो प्रर्दशनीमा नेपालमा प्रयोग हुन सक्ने सानादेखि ठूलासम्मका कृषि औजारहरु प्रदर्शनी हुने र करीव ३०० स्टल रहने आयोजक संस्था कृषि इन्जिनियरिङ्ग निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निमित्त कार्यक्रम निर्देशक मधुसुदन बस्न्यातले सो प्रर्दशनीबाट किसानहरुमा आफूले गरिरहेको कृषि उत्पादन लागत घटाउन यन्त्र प्रयोग गर्नु पर्ने चेतना अभिबृद्धि भई यन्त्र प्रयोगमा लाग्न सक्ने बताउनु भयो

प्रकाशित मिति: बिहिबार, माघ १६, २०७०