शुक्रबार, बैशाख ७, २०८१

काभ्रेमा खोरेत सल्क्यो

काठमाडौं, १६ माघ । कृषि विकास मन्त्रालयले ३० जिल्लामा खोरेत देखापरेको बताईरहेका बेला काभ्रेमा पनि खोरेतका कारण पशुहरु मर्न थालेका छन् । खोरेत रोगको प्रकोपले जिल्लाका केही ठाउँमा पशुहरु मर्न थालेको जिल्ला पशु विकास कार्यालय काभ्रेले जनाएको छ ।
खोरेतका कारण तराईका जिल्लाहरुका पशु धमाधम मर्न थालेपछि कृषि विकास मन्त्रालयले त्यसको वास्तविकता र प्रभावित क्षेत्रको अनुगमन समेत गरेको थियो । काभ्रेमा खोरेत प्रकोपले अन्य पशुहरु पनि मर्न सक्ने भएपछि किसानहरु अत्तालिएका छन् ।

प्रकाशित मिति: बिहिबार, माघ १६, २०७०