शनिबार, बैशाख ८, २०८१

विषादी न्यूनिकरण गर्न प्रयासरत

काठमाडौं । कृषि बालीमा विषादी प्रयोगलाई न्यूनिकरण गर्न क्रियाशिल रहेको बाली संरक्षण निर्देशनालयका कार्यकारी निर्देशक डिल्लीराम शर्माले बताउनुभएको छ । विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले आयोजना गरेको विषादी संरक्षणकर्ता तथा हुर्कने व्यवसायीहरूको समन्वयात्मक अन्र्तक्रिया कार्यक्रममा बोल्दै शर्माले सो कुरा बताउनु भएको हो । उक्त कार्यक्रममा शर्माले आफुहरूले गरेको अनुसन्धानमा एग्रोभेटरूले किसानहरूलाई कडा रसायनीक विषादी प्रयोग गर्न उत्प्रेरीत गर्ने गरेको पनि बताउनु भयो । बजारमा विक्रि गर्न ल्याईएका पलफुल तथा  तरकारीमा खान नमिल्ने गरी विषादी प्रयोग भएको बताउदै आउने दिनहरूमा  चेक जाँच गरी विषादी प्रयोग भएका ती वस्तुलाई बिक्रि गर्न प्रतिबन्ध लगाउने तयारी समेत भईरहेको कार्यकारी निर्देशक शर्माले कृषि साप्ताहिकलाई बताउनु भयो ।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७०